गोरखापत्र अनलाइन
ब्रसेल्स (बेल्जियम), असार १४ गते । बेल्जियमको डाइमण्ड शहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टरमने सम्मेलन सम्पन्न गरेको छ । नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यता र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेको आतिथ्यतामा सम्पन्न सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ ।
अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टी (बिओटी) का सभापति पदम विश्वकर्माको समेत सहभागिता थियो । कार्यक्रममा एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, विशिष्ट अभियन्ताहरु प्राध्यापक डा. हेमराज शर्मा, लोक दाहाल, गंगाधर गौतम, फणिन्द्र पन्त, प्रा. डिपी शर्मा मैनाली, पुष्प बरुवाल, चित्र सुवेदी, बिष्णु भुजेल, मदन दवाडी, भीम सुवेदी, दीपक न्यौपाने, गोविन्द भट्ट, विनोद न्यौपाने, विनोद बानिया, मुना राई, यामु निरौला, रविन्द्रमान श्रेष्ठ, रजनी प्रधानलगायतले सम्मेलन सफलताको शुभकामना दिनुभयो ।
अनेसास बेल्जियम तथा युरोपका सल्लाहकार कवि ब्रह्मदत्त वाग्लेले बेल्जियममा नेपाली भाषा साहित्यको विकासमा अनेसासले खेलेको भूमिका, नेपाली भाषा स्कुलहरुको अवस्था र अनेसास बेल्जियम बिकासक्रमबारे टिप्पणी व्यक्त गर्नुभयो ।
कार्यक्रममा कविहरुले कविता बाचन गरे भने अनेसास युरोपका सल्लाहकार गायक खड्क न्यौपाने, गजल गायक महेश्वर पन्त र अनेसास पोल्याण्डका अध्यक्ष सुसन बर्देवा, प्रसिद्ध गजल गायक हरिमाया अधिकारी, अनेसास पोर्चुगलका अध्यक्ष एनबी अन्जान लगायतले आफ्नो सांगीतिक प्रस्तुति गर्नुभयो ।
कार्यक्रमको चौथो चरणमा अनेसासका शाखा अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन प्रस्तुत गर्ने च्याप्टरमा अनेसास बेलायत, बोस्टन, बेल्जियम, क्यानाडा, बोर्ड अफ ट्रष्टी, फ्रान्स, नोर्थ करोलाना, नर्वे, सिक्किम, जर्मन, पोर्चुगल, स्पेन, पोल्याण्ड, जोर्जिया, नेब्रास्का, कोरिया, जापान, युरोपलगायत छन् ।
समापन समारोहको दोस्रो चरणमा अनेसास बोर्ड अफ ट्रष्टी (बिओटी) का सभापति पदम विश्वकर्माले संगठन, गतिविधि तथा संस्थागत विकाशको बारेमा आफ्नो बिचारसहित सांगठानिक प्रशिक्षण दिनुभएको थियो ।