अर्जुन काफ्ले
स्याङ्जा, साउन १८ गते । लागुऔषध मुद्दामा कैद तथा जरिवाना तोकिएर २२ वर्षदेखि फरार आँधीखोला गाउँपालिका–४ का ४८ वर्षीय रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की जिल्ला अदालतबाट २०५९ वैशाख २३ गते १० महिना १८ दिन कैद तथा पाँच हजार जरिवाना तोकिएर फरार पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले पक्राउ परेका पौडेललाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
यस्तै सुनका गर–गहनाहरू तथा नगद चार हजार चोरी भएको झुट्टा निवेदन दिने हिले बस्ने ४१ वर्षीया चन्द्रकुमारी गुरूङ र ३८ वर्षीय धनराज गुरूङलाई प्रहरी पक्राउ गरेको छ ।
आँधीखोला गाउँपालिका–१ मा आफ्नै घरबाट ७.५ तोला सुन र चार हजार नगद चोरी भएको उजुरी पश्चात अनुसन्धान गर्दा दुई जनाको मिलाेमतोमा लुकाइछिपाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । दुबै जनालई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको प्रनाउ चौधरीले बताउनुभयो ।