काठमाडौँ, साउन १८ गते । नेपालका रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) बान्टमवेट च्याम्पियनसिपको उपाधि जित्नुभएको छ ।
भारतमा शनिबार भएको फाइनलमा रविन्द्रले भारतीय फाइटर चुनरेङ कोरेनलाई हराउनुभयो । यससँगै रविन्द्र एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बन्नुभएको छ ।
‘दि इन्डियन राइनो’ उपनामले प्रख्यात कोरेनले सुरुमा रविन्द्रमाथि दबाब सिर्जना गर्ने प्रयास गर्नुभएको थियो । तर रविन्द्रले रणनीतिक खेल र संयमित आक्रमण गर्दै उपाधि जित्नुयो । रविन्द्रले कोरेनको पाँच खेलको जित यात्रा रोक्दै ८–१ को प्रोफेसनल रेकर्ड बनाउनुभएको हो ।