विकास गाउँमा मान्छे सहरतिर
गत २०७२ को भूकम्पले क्षति भएका कालिञ्चोक गाउँपालिका–४, हिलेपानीको बाहुनगाउँ बस्ती पुनर्निर्माण भएर भूकम्प प्रतिरोधी घर त बने तर यहाँका अधिकांशका अहिले घर वरपर सिस्नो उम्रेको छ । घरमा सिस्नु उम्रिनु राम्रो मानि
‘प्रहरीले जिम्मेवारी पूरा गरेको छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको जिम्मेवारी नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गरेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान
प्रजातन्त्र सेनानीको ऐतिहासिक घर जीर्ण
पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा सेल्टरका रूपमा प्रयोग गरिएको घर जीर्ण बन्दै गएको छ । यो घर पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापमा छ । यस घरमा पञ्चायतविरुद्ध आन्दोलनका योद्वाहरू भुविक्रम, डिल्लीविक्रम नेम्वाङ र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाका पिता खड्कविव्रmम नेम्वाङ (डबल सुब्बा) ले २००९ देखि २०१४ साल (पाँच वर्ष ) लगाएर निर्माण गर्नुभएको थियो ।
सन्ताउन्न जिल्लामा डेङ्गु सङ्क्रमण
यो वर्ष मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । डेङ्गु रोगको सङ्व्रmमण ५७ जिल्लामा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण
गोरु हत्या अभियोगमा दुई पक्राउ
पाल्पामा गोरु हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
टिपताला नाका पाँच वर्षपछि खुल्यो
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला नाका पाँच वर्षपछि खुलेको छ। कोरोना भाइरस (कोभिड-१९) महामारीसँगै बन्द भएको टिपताला नाका शुक्रबारदेखि खुलेको हो।
तीन प्रदेशमा वर्षा
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अहिले तीन प्रदेशमा हल्का वर्षा भइरहेको छ । बागमती प्रदेशका पहाडी भूभाग, कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौमम पूर्वानुमान महाशाखाले जनाएको छ ।
५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह
डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।
आँधिखोलाको झण्डा सगरमाथामा
स्याङ्जाको आँधिखोला गाउँपालिकाको झण्डा विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहरिएको छ । आँधिखोला गाउँपालिका –२ चिलाउनेबासका ३६ वर्षीय सुरज पौडेलले सगरमाथा आरोहणमा सफलता हासिल गरेसँगै जन्मभूमि रहेको पालिकाको झण्डा सगरमाथामा फहराउनु भएको हो ।
‘सीमावासीसङ्ग सशस्त्र प्रहरी कार्यक्रम’ले सीमाक्षेत्रका बासिन्दा खुसी
सशस्त्र प्रहरी बल रौतहटले नेपाल भारत सीमाक्षेत्रमा सम्पन्न ‘सीमावासीसङ्ग सशस्त्र प्रहरी कार्यक्रम’ले सीमाक्षेत्रका बासिन्दा खुसी भएका छन् ।
उपराष्ट्रपति यादवसँग र इजरायलका राजदूत गोल्डबर्गरको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
बोक्सीको आरोपमा कुटपिट गर्ने पुरुष पक्राउ
बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बगनासकाली गाउँपालिका–९, बस्ने २९ वर्षका पदम बस्याल रहेका छन् ।
उपाध्यायलाई सञ्चार गृह पत्रकारिता सम्मान
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई सञ्चार गृह पत्रकारिता सम्मान प्रदान गरेको छ ।
ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र
जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र वैदेशिक रोजगारीको नाममा ठगिएकाहरुको साहारा बन्दैआएको छ ।
तेह्र वर्षमा पनि सकिएन दामाचौर पुल
चीनबाट गण्डकी प्रदेश हुँदै भारतसँग सिधा सम्पर्क जोड्ने मोटरेबल कालिगण्डकी पुल दामाचौर हो । दुई देशसँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिगण्डकी मोटरेबल पुल १३ बर्षमा जम्मा ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
नेपालको आवश्यकता स्वच्छ ऊर्जा
स्वच्छ ऊर्जा उत्पादन नेपालको अबको आवश्यकता रहेको औँल्याइएको छ । चन्द्रागिरिमा जारी हिमाल, जनता र जलवायु विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादको स्वच्छ ऊर्जा र हरित अर्थतन्त्र सत्रमा विज्ञहरूले दिगो अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा महìवपूर्ण आधारस्तम्भ भएको बताउनुभयो । वरिष्ठ ऊर्जाविद् डा. शोभाकर ढकालले जैविक अर्थतन्त्र, स्वच्छ ऊर्जायुक्त अर्थतन्त्र र हरित अर्थतन्त्र नेपालको अर्थतन्त्रको आधारशिला भएको स्पष्ट पार्नुभयो ।
धर्मादित्यको जन्मजयन्ती मनाइयो
पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको १२२ औं जन्मजयन्ती ९ औं मातृभाषा पत्रकारिता दिवस मनाइएको छ ।
कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने
सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको छ।
विकास अभियानका काम समयमै सम्पन्न गर्न अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको सुन्दरहरैँचा नगरपालिका अन्तर्गत चन्द्रनगर–पूर्वाञ्चल विश्वविद्यालय हुँदै गोठगाउँ-महेश्वर सुब्बा मार्ग लाटिझोडा सडकखण्डको बिहीबार शिलान्यास गर्नुभएको छ।
तमोरमेवा जलविद्युत आयोजनाको शिलान्यास
ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। बहु प्रतीक्षित तथा चर्चित आयोजनाका रूपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको बिहीबार शिलान्यास गरिएको हो।
गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ : सञ्चारमन्त्री मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताउनुभएको छ ।
जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने स्पष्ट गर्नुभएको छ ।
‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’
प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले पुर्याउँदै आएको योगदान सराहनीय रहेको बताउनुभएको छ ।
चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना
चुरे संरक्षणका लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौँ आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौँ आइपुगेको हो ।