• २ असार २०८१, आइतबार

धर्मादित्यको जन्मजयन्ती मनाइयो

blog

‘धर्मादित्य धर्माचार्य पत्रकारिता सिरपाः ११४४’ वरिष्ठ पत्रकार ‘सम्यक’ साप्ताहिक पत्रिकाका सुगत रत्न सिन्दुराकारलाई प्रदान गर्दै । तस्बिर–अभिर मैया रञ्जित

गोरखापत्र समाचारदाता

ललितपुर, जेठ १० गते । पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको १२२ औं जन्मजयन्ती ९ औं मातृभाषा पत्रकारिता दिवस मनाइएको छ ।

मातृभाषा पत्रकारिता शताब्दी वर्षको अवसरमा बुधबार पुल्चोकस्थित उहाँको शालिकमा माल्र्यापण गरी जयन्ती मनाइएको हो । पुल्चोकदेखि प्रभातफेरी कार्यक्रम गरी उहाँको जन्मस्थान चिकंबहीमा विशेष कार्यक्रम गरिएको छ । 

यस वर्षको ‘धर्मादित्य धर्माचार्य पत्रकारिता सिरपाः ११४४’ वरिष्ठ पत्रकार ‘सम्यक’ साप्ताहिक पत्रिकाका सुगत रत्न सिन्दुराकारलाई प्रमुख अतिथि नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पबित्र बज्राचार्य र १५ हजार नगद राशी दाता सरिता महर्जनले प्रदान गर्नुभयो ।

ने.सं. १०४४ मा मातृभाषा पत्रकारिता सुरु गर्नुभएका धर्मादित्य धर्माचार्यलाई जनस्तरबाट मात्र नभइ राज्यले नै सम्झनु पर्नेमा जोड दिनुभयो । मातृभाषा पत्रकारिता शताब्दी वर्षको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल पत्रकार महासंघले वर्षभरि बिभिन्न कार्यक्रम गरी मनाउने निर्णयअनुसार नेपाल पत्रकार महासंघ ललितपुर शाखाले पत्रकारिता तालिम सम्पन्न गरेको छ । प्रशिक्षक पुष्करभक्त माथेमा लगायतलाई सम्मान र प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।