‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’
प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले पुर्याउँदै आएको योगदान सराहनीय रहेको बताउनुभएको छ ।
चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना
चुरे संरक्षणका लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौँ आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीबार काठमाडौँ आइपुगेको हो ।
लुम्बिनीलाई विश्वभरका बुद्धिष्ट केन्द्रको रूपमा विकास गरौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीलाई विश्वभरका बुद्धिष्टको ‘बर्थिङ सेन्टर’ का रूपमा विकास गरिने बताउनुभएको छ।
‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरूप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’स्थापना गरेको छ ।
‘नागरिकको स्वास्थ्य सुधार्न स्थानीय सरकारले ध्यान दिनुपर्छ’
प्राडा. सिता घिमिरे पोखरेल विगत २० वर्षदेखि देशको विभिन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले त्रिवि शिक्षण अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा कन्सल्टेन्टको रूपमा जिममेवारी निर्वाह गर्नुभएको छ ।
अस्पताल भवन बन्ने प्रतीक्षामा मनाङी नागरिक
२०४६ साल फागुन १९ गते निर्माण सम्पन्न भई सेवा प्रदान गर्दै आएको जिल्ला अस्पताल मनाङ यति बेला घर न घाटको अवस्थामा पुगेको छ ।
वैशाख पूर्णिमा रौनक, १२९ वर्षदेखि अखण्ड यज्ञ
स्वर्गद्वारीमा सुरु गरिएको अखण्ड यज्ञ १२९ वर्षदेखि निरन्तर बलिरहेको छ । बाल तपस्वी नारायण गौतमले बि.सं. १९५२ वैशाख शुक्ल पूर्णिमाको दिन वेद मन्त्रबाट स्थापना गर्नुभएको यज्ञ निरन्तर बलिरहेको छ ।
हाउडीमा जिप दुर्घटना : सात घाइते, उद्धारमा समस्या
कालीकोट जिल्लाको हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको बोलेरो वडा नं ६ को हाउडीगाढ खोलामा दुर्घटना भएको हो ।
कतार च्यारिटीद्वारा अग्निपीडितलाई खाद्यान्न
सुनसरीको अग्नीपीडितहरुलाई राहत स्वरूप कतार च्यारिटीले खाद्यान्न सामग्री वितरण गरेको छ ।
श्रीनगरको सौन्दर्यीकरण गर्ने विषयमा विवाद
श्रीनगरको सौन्दर्यीकरण गर्न तानसेन नगरपालिकाले नपाउने डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिकाले श्रीनगरको सौन्दर्यीकरणका लागि विभिन्न काम गर्दै आए पनि अब काम गर्न नदिने डिभिजन कार्यालय पाल्पाले बताएको हो ।
वर्षायाममा उपत्यकाभरी मेलम्ची पानी नआउने
यस वर्ष पनि बर्षायाममा मेलम्चीे पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको बर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने निश्चित भएको हो ।
मापदण्ड विपरीत तीन गुणा बढी खोला उत्खनन्
मापदण्ड विपरीत तीन गुणाभन्दा बढी खोला उत्खनन् हुँदा सरोकारवाला निकाय मौन रहेका छन् । ठेकेदारले मनोपरी खोला दोहन गर्दा पनि सरोकारवाला सबै निकाय मौन देखिएको हो ।
हिमाल जोगाउन सहकार्यको खाँचो
हिमाल जोगाउन विश्व समुदायको सहकार्यसँगै दीर्घकालीन रणनीतिसाथ अगाडि बढ्नुपर्नेमा नेपालसहित विभिन्न मुलुकका सरकारका प्रतिनिधि तथा विज्ञहरूले जोड दिनुभएको छ । काठमाडौँमा बुधबार सुरु भएको अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रमा उहाँहरूले जलवायु परिवर्तनको असरले हिमालको हिउँ पग्लिने क्रम उच्च बनेकोमा चिन्ता व्यक्त गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथासहित हिमालको हिउँ पग्लिनु नेपालको मात्र चिन्ताको विषय नभएको बताउनुभयो । हिमाल संरक्षणको नेतृत्वदायी भूमिकामा नेपालले कोप–२८ सम्मेलनदेखि नै पहल थालेको र यस सम्मेलनबाट विश्वका हिमाल र समुद्री तथा टापु देश एकबद्ध भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हिउँ पग्लँदा जनजीविकामा ठुलो असर
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालका हिमालबाट लगातार हिउँ पग्लिँदा हिमाली जनजीविकामा ठुलो असर पुगेको बताउनुभएको छ । हिमाल, जनता र जलवायु परिवर्तन नारासाथ बुधबार काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय विज्ञ संवादको पहिलो सत्रमा उहाँले हिमालमा तापक्रम वृद्धिको दर उच्च रूपमा बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभयो ।
बङ्गलादेश अध्ययन : छुटेकालाई पनि छात्रवृत्ति
छात्रवृत्ति कोटामा बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ जनालाई समेत सम्बन्धित विषयमै भर्ना दिने निर्णयको पत्र मङ्गलबार सरकारलाई पठाएको हो । चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र तीन जना बिडिएस गरी २२ जनाको नाम बङ्गलादेशमा सिफारिस गरिएको थियो ।
इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने
विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्दै गएको चियाका लागि इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव २०८१ आयोजना गरिने भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु
तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–७ हिलपार्क बस्ने १७ वर्षका राजिव लामा रहनुभएको छ ।
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबिच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताउनुभएको छ।
सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेलविरुद्ध ६२ करोडको भ्रष्टाचार मुद्दा
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध गैरकानुनी ६२ करोड १९ लाख १८ हजार ६८४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
सङ्घद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
नेपाल नेत्रज्योति सङ्घले अमेरिकास्थित ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन संस्थाको आर्थिक सहयोगमा काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीका लागि चस्मा (सन ग्लास) हस्तान्तरण गरेको छ ।
संसद् सचिवालयको आवश्यकता सम्बोधन हुनेगरी बजेटको व्यवस्था हुन्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सङ्घीय संसद् सचिवालयलाई प्राथमिकता दिने बताउनुभएको छ।
फार्मको पर्खाल खस्दा २०० बढी कुखुरा मरे
सोमबार साँझ आएको हावाहुरीका कारण बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् ।
परीक्षणका लागि कृषकको प्याजखेती
गुल्मीको धुर्कोट गाउँपालिका –६, चौरासीका रोमाकान्त भण्डारीले यहाँ परीक्षणको रुपमा प्याजखेती सुरु गर्नुभएको छ । उहाँले पाँच रोपनी जग्गा भाडामा लिएर पहिलो पटक यहाँ प्याज खेती सुरु गर्नुभएको हो ।
यारी भन्सार कार्यालयद्वारा दोब्बर राजस्व असुली
नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको यारीनाका भन्सार कार्यालयले हालसम्म दोब्बर राजस्व असुली गरेको पाइएको छ । कार्यालयलाई विभागले दिएको लक्ष्यभन्दा बढी राजस्व असुली गर्न कार्यालय सफल भएको हो ।