• ४ असार २०८१, मङ्गलबार

खोलाले बगाउँदा दुई बेपत्ता

blog

फाइल तस्विर

खलङ्गा (दार्चुला), जेठ १४ जेठ गते । दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका –५  मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् ।

दुवैजना नातामा काकी भतिजा पर्छन् ।  अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवै जनालाई बगाएको मार्मा गाउँपालिका –५ का वडाअध्यक्ष सुरेन्द्र महताले जानकारी दिनुभयो । बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घट्नास्थलमा खटिएको छ । रासस