• १६ भदौ २०८१, आइतबार

जन्मदिनमा विद्यालयलाई आर्थिक सहयोग

blog

रमेश विश्वकर्मा

गुल्मी, जेठ २३ गते । गुल्मीको तम्घासस्थित देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा परिचित तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल सिद्धबाबा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको छ । रेसुङ्गा नगरपालिका वडा–८ खानीगाउँका पृतम काउछाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग गर्नुभएको हो ।

यस विद्यालयका सल्लाहकार सदस्य रहनुभएका काउछाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा जग्गा व्यवस्थापन कामका लागि ५५ हजार ५५५ रुपियाँ सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनुभयो । विद्यालयका लागि पर्याप्त जग्गा नहुँदा जग्गा खरिद गर्न सहयोग अभियान सञ्चालन गरिएको छ ।

विद्यालयको जग्गा व्यवस्थापनका लागि गर्नुभएको आर्थिक सहयोगले सकारात्मक सन्देश दिएको छ । फजुल खर्च गरेर जन्मदिन मनाउने पश्चिमा संस्कृति निम्तिरहेको अवस्थामा विद्यालयलाई सहयोग गरी सकारात्मक सन्देश प्रवाह गरेको छ । 

हालसम्म जग्गा व्यवस्थापनका लागि ३२ लाख रुपियाँ सहयोग सङ्कलन भएको प्रधानाध्यापक श्रीसले बताउनुभयो । विद्यार्थीको रोजाइको पहिलो विद्यालयका रूपमा आफूलाई उभ्याउन सफल भएको छ । यस विद्यालयमा गुल्मीसहित बागलुङ, प्युठान, अर्घाखाँची र अन्य जिल्लाका विभिन्न स्थानबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।