• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिमको पहाडी जिल्लामा अन्धकार

blog

विद्युत् कटौती भएपछि अमरगढी नगरपालिका ७ पोखराको सडक क्षेत्रलगायत जिल्ला सदरमुकाम क्षेत्रका सोलार बत्तीहरु । तस्बिरः पुष्कर भण्डारी

पुस्कर भण्डारी

डडेल्धुरा, जेठ २४ गते । ३२ केभी विद्युत् लाइन बिग्रिएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला अन्धकार बनेका छन् । विद्युतबाट हुने सबै काम ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ । 

हिजो बेलुकीपख चलेको हावाहुरीका कारण कैलालीको अत्तरिया ग्रिडबाट पहाडका सात जिल्लामा प्रवाह हुने ३२ केभी लाइनमा असर पुग्दा विद्युत्  आपूर्ति बन्द भएको बताइएको छ । 

राति बिग्रेकाले कुन ठाउँमा लाइन बिग्रिएको पत्ता लगाउन नसकिएको नेपाल विद्युत्  प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रमेश अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार ३२ केभी लाइनको अत्तरियादेखि माथि पहाडतिर ४० किलोमिटरको आसपासमा समस्या देखिएको छ । सो क्षेत्र अत्तरिया ग्रिडको हो ।