अमरराज नहर्की
तनहुँ, असार १४ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा तनहुँबाट झण्डै ६४ प्रतिशत विद्याथी विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका अनुसार जिल्लाबाट चार हजार आठ सय ४५ जना विद्यार्थीले परीक्षा दिएकोमा तिन हजार ९३ विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा एक हजार सात सय ४९ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
जिल्लामा चार जनाले चार जिपिए ल्याएका छन् । चार जिपिए ल्याउने व्यास नगरपालिका–५, चापाघाट स्थित शान्तिवर्ष माध्यामिक विद्यालयका छात्रा स्नेहा गिरी, बन्दीपुर गाउँपालिका–१, पिप्लेस्थित पवित्रका माध्यामिक विद्यालयका छात्रा आयुषा श्रेष्ठ र आँबुखैरेनी गाउँपालिका–३, आँबुखैरेनीबजारस्थित रामशाह ट३.६ देखि ४ जिपिए ल्याउने आठ सय ९५, २.८ देखि ३.२ ल्याउने जिपिए ल्याउने एक हजार १६४, २.४ देखि २.८ जिपिए ल्याउने ६०२ र २.० देखि २.४ जिपिए ल्याउने २५ विद्यार्थी रहेको एकाइले जनाएको छ ।