राममणि दाहाल
हेटौँडा, जेठ ३१ गते । हेटौँडा उपमहानगरपालिका –११ स्थित सिमलटारमा फुटबल खेल मैदान निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका कार्यालयको १० र वडा ११ को कार्यालयको १० लाख गरी २० लाख रुपियाँको लागतमा खेल मैदान निर्माण गरिएको हो ।
सिमलटारमा नवनिर्मित फुटबल खेल मैदानको बुधबार हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले उद्घाटन गर्नुभयो । खेल मैदानको उद्घाटनपछि नगरप्रमुख लामाले नगरका सबै वडामा बजेट विनियोजन गरी खेल पूर्वाधार निर्माण र खेल गतिविधि सञ्चालन गर्ने काम भइरहेको बताउनुभयो ।
उपप्रमुख बानियाँले खेल मैदान निर्माणसँगै खेलाडी उत्पादनमा उपमहानगरले लगानी गर्दै आएको जानकारी दिनुभयो । सिमलटार टोल विकास संस्थाका अध्यक्ष सूर्यमान लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
वडा ११ का वडाध्यक्ष जुना दाहाल, एन्फाका केन्द्रीय सदस्य टीकाराम लामा, नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, वडा सदस्य सञ्जय बिडारी, वडा खेलकुद विकास समितिका अध्यक्ष प्रभाकर पुडासैनीलगायतले खेल मैदान निर्माणसँगै खेलगतिविधि सञ्चालन गर्न बजेट आवश्यक भएको बताउनुभयो ।
 
                                 
                                                 
                                                            -(1)-square-thumb.jpg) 
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                -(1)-original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                