वासिङ्टन डीसी,चैत १७ गते । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले घोषणा गर्नुभएको छ ।
फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पुनः नामकरण गर्ने सहमतीमा हस्ताक्षर गरिएको भएता पनि जुलाई १ देखि औपचारिक रूपमा लागु हुने जनाइएको । सामाजिक सञ्जाल एक्स मार्फत यो जानकारी सार्वजनिक गर्दै एरिक ट्रम्पले फ्लोरिडा एयरपोर्टको पुनः नामाकरण गर्न सकरात्मक भूमिका खेलेकोमा फ्लोरिडाका गभर्नर रोन डिसान्टिस, फ्लोरिडाका महान्यायाधिवक्ता लगायत फ्लोरिडा हाउसका प्रतिनिधिहरूलाई धन्यवाद दिनुभएको छ ।
यद्यपि, उड्डयन प्रशासनले विज्ञप्ति जारी गर्दै नाम परिवर्तनलाई अनुमोदन नगरेको जनाएको छ । ट्रम्पको पारिवारिले गत फेब्रुअरीमा विमानस्थलको पुनः नामकरणका लागि आवेदन दायर गरेको सिबिएस न्यूजले जनजाएको छ । रासस/एएनआई