• १७ चैत २०८२, मङ्गलबार

गृहमन्त्रीसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

blog

सशस्त्र प्रहरीका उच्च अधिकारीसँगको छलफलमा सहभागी गृहमन्त्री सुधन गुरुङ ।

काठमाडौँ, चैत १७ गते । गृहमन्त्री  सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गर्नुभएको छ । 

मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीले अहिलेसम्म गरेकोका काम र सुधार गर्नुपर्ने क्षेत्रका विषयमा छलफल गर्नुभएको हो । यसअघि सोमबार गृहमन्त्री गुरुङले नेपाल प्रहरीका उच्च अधिकारीसँग छलफल गर्दै आवश्यक निर्देशन दिनुभएको थियो । 

छलफलमा राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको उपस्थिति रहेको छ । 

बैठकमा विशेष गरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल भएको छ। सम्भावित विपद् जोखिमलाई न्युनिकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ।