• १२ असार २०८१, बुधबार

पालिका अध्यक्ष गच्छदारको निधन

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, असार ३ गते । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका नेता जयप्रकाश गच्छदारको ५७ वर्षको उमेरमा निधन भएको छ ।

२०२४जेठ १३ गते तत्कालिन मोतिपुर गाउँमा जन्मनु भएका गच्छदार गत माघ १० गते ब्रेन ह्यामरेज भएर थलिनु भएको थियो । उहाँको सोमबार दिउँसो १ बजे आफ्नै निवासमा मृत्यु भएको नेपाली काङ्ग्रेस  मोरङले जनाएको छ । 

मोरङ काङ्ग्रेसका सूचना तथा सञ्चार विभाग प्रमुख वीरेन्द्र्रकुमार साहले गच्छदारको मृत्यु भएको जानकारी दिनुभयो । उहाँ २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

गच्छदारको मङ्गलबार अन्तिम संस्कार गरिनेछ । बिहान श्रद्धान्जलि कार्यक्रम राखेर दिउँसो दाहसंस्कार गरिनेछ । ४ महिनादेखि अर्धचेत अवस्थामा रहनु भएका गच्छदार एक महिना यता ग्रामथान –४ स्थित आफ्नै घरमा रहनु भएको थियो । 

उहाँका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । अध्यक्ष गम्भीर बिरामी परेपछि चार महिना यता ग्रामथान गाउँपालिकाका उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहनु भएको छ ।