• १२ असोज २०८१, शनिबार

‘सरकार परिवर्तनको कुरा हल्ला मात्र’

blog

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बर्दीबासमा आयोजित पत्रकार सम्मेलनमा ।

रवीन्द्र उप्रेती

बर्दीबास, असार ६ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतक स्थायित्वको पक्षमा रहेको आफनो पार्टीले वर्तमान सरकारको विकल्प बारेमा नसोचेको बताउनु भएको छ ।

उहाँले बजेटदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक गतिविधिका विविध पक्ष र प्रभावबारे कुरा उठाउँदै असन्तोष र असंतुष्टि जाहेर हुदैमा त्यसको असर सत्ता समिकरणमा परिहाल्ने सोच मनोगत, आधारहीन र भ्रमात्मक भएको बताउनुभयो । 

समाजवादी प्रेस संगठन नेपालले विहीवार बर्दीबासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । नेपालले भन्नुभयो, ‘असन्तुष्टि हुनेवित्तिकै सरकार ढाल्ने, गठवन्धन परिवर्तन गर्ने र समिकरण फेरिहाल्ने पक्षमा नेकपा एस छैन । हामी राजनीतिक स्थायित्वको पक्षधर हौं । सरकारको विकल्पमा जाने बेला भएको छैन । सरकार परिवर्तनको कुरा हल्ला र भ्रम मात्र हो ।’

नेपालको एक चीन नीति, असंलग्न परराष्ट्र नीति, तटस्थताको नीति, अर्काको आन्तरिक मामलामा अस्तक्षेप नगर्नेजस्ता नीतिप्रति आफुहरु दृढ रहेकाले शक्ति राष्ट्रविच हुने उतारचढावले नेपालका यी आधारभूत नीतिमा कुनै असर नपर्ने स्पष्ट पार्नुभयो । 

पार्टीको असार १६ गतेदेखि २० गतेसम्म हुने १० औ महाधिवेशनको पूर्वसन्ध्यामा देश दौडाहाका क्रममा बर्दीबास पग्नुभएका नेपालले ३३ हजार पार्टी सदस्य रहेको मधेशका ३११ जना केन्द्रीय प्रतिनिधिले अधिवेशनको प्रतिनिधित्व गर्ने बताउनुभयो ।