• १३ साउन २०८१, आइतबार

लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन

blog

काठमाडौँ, असार ६ गते । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको जनाएको छ ।

यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो अर्थात् जेठ २८ गते (जुन १०) मा कोशी प्रदेशमा भित्रिएको थियो ।

मनसुन कोशी हुँदै पश्चिमतर्फ सर्दै बिहीबार असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाले यस वर्षको मनसुनसम्बन्धी दोस्रो बुलेटिन जारी गर्दै यसबारे जानकारी दिएको हो ।


लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको मनसुन बाँकी भूभागमा फैलिन अझै केही दिन लाग्नेसक्ने महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।