• १४ असार २०८१, शुक्रबार

पर्यटकको मन जित्दै कलात्मक प्रवेशद्वार

blog

गोरखा र तनहुँको सिमाना मजुवामा रहेको गोरखा प्रवेश गर्ने कलात्मक मुख्य गेट ।

गुणबहादुर रोका

सुलीकोट, असार ८ गते । गोरखा र तनहुँको सिमानामा पर्ने मुख्य प्रवेशद्वार गोरखा नगरपालिका –१३ को मजुवामा रहेको कलात्मक प्रवेशद्वारले धेरै आन्तरिक तथा वाह्रय पर्यटकको मन जित्न सफल भएको छ । 

गोरखा सदरमुकामबाट झण्डै २३ किलोमिटर दशिणतर्फ रहेको सो गेटमा नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाह, नेपालको प्रथम सहिद लखन थापा मगर र पृथ्वीनारायण शाहको सुरक्षा गार्डको सालिक बनाउने निर्णय भएको गोरखा नगरपालिकाले जनाएको छ । 

गजुरसहितको गेटमा गोरखा प्रवेश गर्ने यात्रुले रोकेर फोटो खिचेर जाने गरेको पाइएको छ । प्रायः फोटो खिच्नेको लाइन देखिन थालेको छ । त्यस ठाउँमा फोटो  खिच्नेहरू र घुम्न आउनेहरू खुसी भएर फर्किने गरेको स्थानीय हरिबहादुर खनालले जानकारी दिनुभयो ।