• १३ असोज २०८१, आइतबार

सिमकोट गाउँपालिकाको बजेट ४९ करोडभन्दा बढी

blog

नवौं गाउँसभाका सहभागीहरु । तस्बिरः राजन रावत

राजन रावत
हुम्ला, असार १० गते । 
सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोडभन्दा बढी बजेट ल्याएको छ । सोमबार नवौँ गाउँ सभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रममा हुम्लाका गाउँपालिकाले कृषि पर्यटक र आयआर्जनलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले बजेट तथा कार्यक्रममा ती क्षेत्रहरूलाई प्राथमिकता राखेको हो ।

गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले आगामी आर्थिक वर्षको बजेटले क्षेत्रगत रूपमा कृषिमा रैथाने बाली, फलफूल, पर्यटन क्षेत्र, आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभयो । उपाध्यक्ष सुशीला रोकाया भामले नऔँ गाउँ सभामा पेस गर्नुभएको बजेट तथा कार्यक्रममा ४९ करोड २८ लाख ४५ हजार रहेको छ । यसलाई आयतर्फ  आन्तरिकमा एक करोड ७९ लाख पचास हजार, राजस्व बाँडफाँडबाट नौ करोड ३२ लाख ४९ हजार ३४५, सङ्घीय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण ३२ करोड २३ लाख ८६ हजार र प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण पाँच करोड ९१ लख २४ हजार रहेको छ ।

अनुमानित बजेटलाई चालुतर्फ ३२ करोड ४८ लाख बिस हजार विनियोजित गरेर ६५ दशमलव ९० प्रतिशत र पुँजीगततर्फ १६ करोड ४८ लाख २५ हजार विनियोजित गरेर ३४ दशमलव १० प्रतिशत बजेट विनियोजित गरिएको छ । बजेटलाई क्षेत्रगत कार्यक्रम तयार पारिएको छ । 

आर्थिक विकासमा २४ करोड ५७ लाख ५४ हजार, सामाजिक विकासतर्फ आठ करोड ११ लाख, पूर्वाधार विकासमा १४ करोड दुई लाख २७ हजार, वन वातावरण र विपद् व्यवस्थापनमा एक करोड ७६ लाख १३ हजार र सुशासन तथा सङ्गठन विकासमा ७३ लाख ५१ हजार विनियोजित बजेट रहेको छ ।

सबै क्षेत्र गरी ६९ योजनाहरू छनोट गरिएका छन् । यसअघि अध्यक्ष भण्डारीले आगामी आर्थिक वर्षका नीतिहरू सभामा प्रस्तुत गर्नुभएको थियो । बजेट तथा कार्यक्रमलाई सभाले सर्वसम्मत पारित गरिएको छ ।