• ३१ जेठ २०८२, शनिबार

सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखेका छौं : स्वास्थ्यमन्त्री

blog

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल । तस्बिर : केशब गुरुङ ।

काठमाडाैं, जेठ ३० गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना रहेको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले आर्थिक वर्ष २०८२-०८३ को स्वीकृत नीति कार्यक्रममा क्रममा एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना ल्याइएको स्पष्ट पार्नुभयो । त्यसभित्र विशेष पुनःस्थापना इकाइ बनाइ सो सेवाहरु उपलब्ध गराउने विषय समेत उल्लेख गर्नुभयो । सरकारले तयार पारिरहेको राष्ट्रिय पुनःस्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमूनाको रुमपा कम्तिमा एउटा सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको पनि उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाल सरकारको आर्थिक वर्ष २०८२—०८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना ल्याइएको छ । त्यसभित्र विशेष पुनःस्थापना इकाइ बनाइ सो सेवाहरु उपलब्ध गराउने विषय समेत उल्लेख गरेका छौँ । यस बाहेक सरकारले तयार पारिरहेको राष्ट्रिय पुनःस्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमूनाको रुमपा कम्तिमा एउटा सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको छ ।’

मन्त्री पौडेलले सरकारको पुनः स्थापना केन्द्र सञ्चलन र व्यवस्थापनको लागि थप बजेटको व्यवस्था गरिएको बताउनुभयो ।