• १३ असोज २०८१, आइतबार

‘लयको तरेलीमा’ र ‘हाम्रो माया’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता 

भक्तपुर, असार १२ गते । सिर्जना अभियान भक्तपुरले २१ जना गीतकारको सामूहिक गीत सङ्ग्रह ‘लयको तरेलीमा’ तथा गीतकार हरिकृष्ण बखुन्छेको दृश्यगीत ‘हाम्रो माया’ सार्वजनिक गरेको छ । 

भक्तपुरमा आयोजित एक कार्यक्रममा सङ्ग्रहका सम्पादक ध्रुव मधिकर्मीले शब्दका माध्यमबाट पनि गीतमा अभिव्यक्त भाव, लय र संवेदना अनुभूत गर्न सकिने विचार व्यक्त गर्नुभयो । 

गीतकार सुवासचन्द्र ढुङ्गेल, त्रिविक्रम पाण्डे, अल्वर्ट बज्राचार्य, सङ्गीतकार सन्तोष श्रेष्ठ, शमशेरबहादुर न्हुछेप्रधान, राजेशमान केसी, हरिकृष्ण बखुन्छे र टीका श्रेष्ठ लगायतले कृतिकारलाई शुभकामना व्यक्त गर्नुभयो ।  

बखुन्छेद्वारा रचित ‘हाम्रो माया’ बोलको गीतमा गायिका सुमन मानन्धर र सङ्गीतकार सन्तोष श्रेष्ठले स्वर दिनुभएको छ । सिर्जना अभियानद्वारा प्रकाशित ‘लयको तरेली’ मा शिव मुनंकर्मी, ध्रुव जोन्छे, हरि थापा, प्रमोद भट्टराई, विश्व कायस्थ, ध्रुव मधिकर्मी, सुवासचन्द्र ढुङ्गेल, शेखर ढुङ्गेल, सुरेन्द्रलाल भुजू, राजेन्द्र चित्रकार, राजेशमान केसी, शमशेरबहादुर न्हुछेप्रधान, नरेन्द्र जोशी, रघुराम न्यौपाने, रत्न प्रजापति, त्रिविक्रम पाण्डे, हरिकृष्ण बखुन्छे, तुलसी घेमोसु , इन्दिरा चापागाईँ, सचिता कर्माचार्य र रञ्जना न्यौपानेका पाँच–पाँच गीत सङ्ग्रहीत छन् ।