प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता
प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गर्नुभएको छ ।
प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।
‘सभापति लामिछाने भाग्ने कुनै सम्भावना छैन’
“पार्टीका सभापति, पूर्व गृहमन्त्री भाग्ने कुनै सम्भावना छैन । यस्तो अवस्थामा एउटा जनप्रतिनिधिलाई समातिहाल्छ भन्ने केही छैन । केही जानकारी दिन्छ होला भन्ने छ । त्यो जानकारी अहिलेसम्म आइसकेको छैन ।”
संविधान संशोधन सरकारको मात्रै विषय होइनः सभामुख घिमिरे
आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
गृहमन्त्रीको निर्देशन लगत्तै गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी पक्राउ
गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वनका लागि प्रहरीलाई निर्देशन दिए लगत्तै आरोपित पक्राउ पर्न थालेका छन्।
मधेसमा ८७४ जना नयाँ कुष्ठरोगी
मधेश प्रदेशका जिल्लामा ८ सय ७४ जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा सो जानकारी दिइएको हो ।
संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ।
कर्णाली नदीको महत्व बुझाउन चित्रकला
बिश्व नदी दिवसको अवसरमा आइतबार कैलालीको टिकापुरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कर्णाली नदी तटीय क्षेत्र वरपरका टिकापुर, राजापुर नगरपालिका तथा जानकी, जोशीपुर गाउँपालिकाका ११ वटा विद्यालयका ३६ जना विद्यार्थी सहभागी थिए ।
गोरखापत्रका कार्यकारी अध्यक्ष सुवेदीलाई राष्ट्रपतिबाट अग्रज पत्रकार सम्मान
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीलाई ‘अग्रज पत्रकार सम्मान’ प्रदान गरिएको छ।
ग्यास सिलिन्डर र चुल्हो वितरण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकावासीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । धुँवामुक्त क्षेत्र बनाउने अभियानको सुरुवात गरेको गाउँपालिकाले वडा –३ लिबाङका बासिन्दालाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको हो ।
गँड्यौला मलको बजारीकरणका लागि कृषि परियोजना
गँड्याैला मलको उत्पादन र बजारीकरणका लागि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकामा कृषि परियोजना सुरु भएको छ । रासायनिक मलको न्युनीकरण गरी ट्राइको भर्मिकम्पोष्ट मल तथा प्राङ्गारिक मल प्रयोगमा किसान, पशु कृषक तथा साना किसान कृषि सहकारीलाई जोड्ने योजनासाथ कार्यक्रम सुरु भएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
चौबिसे गाउँपालिका –६ धाराचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवककोे मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाउँपालिका –६ का ३८ वर्षीय बलबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
एसिएन कराते च्याम्पियनसिपमा एरिकालाई रजत
नेपालकी कराते स्टार एरिका गुरुङले चीनको हाङझावमा जारी २०औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ ।
कोप–२९ लाई उपलब्धिमूलक बनाइन्छ : वनमन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रस्तुत हुने बताउनुभएको छ।
बैतडी केन्द्र भएर भूकम्पको धक्का
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको शिवालिङ आसपास केन्द्र भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
सहरको विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक छ : कार्यवाहक प्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले व्यस्थित सहरको विकासमा निजी क्षेत्रलाई सहभागिता गराउन सरकार सकारात्मक रहेको बताउनुभएको छ।
सर्पको टोकाइले महिलाको मृत्यु
सर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका –५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाइबाट ज्यान गएको हो ।
गैँडा संरक्षणमा जलवायु परिवर्तनको असर प्रमुख चुनौती
विश्वमा दुर्लभ मानिएको वन्यजन्तु एक सिङे गैँडाको संरक्षणमा जलवायु परिवर्तनको असर, चोरी शिकार तथा खागको अवैध व्यापार नै प्रमुख चुनौतीका रुपमा देखिएका छन् ।
दुई महिनामा २५ दुर्घटना, १२ को मृत्यु
बाँकेमा पछिल्लो दुई महिनामा २५ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५५ जना घाइते भएका छन् भने १२ जनाको ज्यान गएको छ ।
मध्य भोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी काम अघि बढाइएको छ ।
आधारभूत अस्पताल निर्माण गर्ने सरकारी योजना : समय गुज्रियो, भएन प्रगति
तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी एकै दिन शिलान्यास भएका ३९६ आधारभूत अस्पताल पाँच वर्ष पुग्न लाग्दा पनि निर्माण हुन सकेका छैनन् ।
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी हुनुभएको छ ।
प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कार घोषणा
प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ ।
पुल नहुँदा दुई पालिकाका बासिन्दालाई सास्ती
बाँकेलाई अति सुगम जिल्लाको रुपमा लिईंदै आए पनि अझ यो जिल्लामा समेत धेरै ठाउँमा पुल, सडक र बिद्युत नपुग्दा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।