• ११ असोज २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता

blog

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आयोजित समिट अफ द फ्युचरको संवाद सत्रको आइतबार अध्यक्षता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

न्युयोर्क (अमेरिका) असोज ६ गते । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा आयोजित  ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गर्नुभएको छ । 

महासभाको उक्त समिटको उद्घाटनसत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयस्थित ट्रष्टी काउन्सिलमा आयोजित छलफल सत्रको अध्यक्षता गर्नुुभएको हो । यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले महासभाको समिट अफ द फ्युचरलाई सम्बोधन गरेका समयमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रमण्डलले महासभामा भाग लिनुभएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री ओलीले आजै समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै प्रधानमन्त्री ओलीले आज विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइडलाइन भेटवार्ता गर्नुहुनेछ ।


यो पनि पढ्नुहोस

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी