• १२ असोज २०८१, शनिबार

कोप–२९ लाई उपलब्धिमूलक बनाइन्छ : वनमन्त्री शाही

blog

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ।

काठमाडौं, असोज ६ गते। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रस्तुत हुने बताउनुभएको छ। 

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आइतबार कोप–२९ बारे जानकारी दिँदै उहाँले यस्तो बताउनुभएको हो।  उहाँले व्यवस्थित एजेण्डासहित नेपाललाई कसरी बढी कोपबाट उपलब्धि हाँसिल गराउन सकिन्छ भन्ने हिसाबले अघि बढ्ने बताउनुभयो।  

उहाँले थप अझै गोष्ठी, विचार र आवश्यक सेमिनरहरु गरी सुझाव संकलन गरेर अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताउनुभयो।  उहाँले प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने र त्यसमा पनि कर्णाली प्रदेशको प्रतिनिधित्त्व अनिवार्य गराउने कुरा सकारात्मक रहेको भन्दै मन्त्रालयले गम्भीरताका साथ लिने बताउनुभयो।  

उहाँले कर्मचारीको संख्या धेरै भएको गुनासो आएकाले कम गर्नेमा आफूहरु लागेको बताउनुभयो।  कोप–२९ लाई विगतका कोपहरु भन्दा व्यवस्थित र नेपाललाई थप उपलब्धि हुने किसिमले मन्त्रालयले काम गरिरहेको बताउनुभयो।  

मन्त्री ठकुरीले मन्त्रालयले समितिले दिएका सुझाव पूर्ण रुपमा कार्यान्वनय गर्ने प्रतिवद्धता समेत जनाउनुभयो।