• १२ असोज २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

कोकिला भण्डारी

धनकुटा, असोज ६ गते । चौबिसे गाउँपालिका –६ धाराचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवककोे मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाउँपालिका –६ का ३८ वर्षीय बलबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

प्रहरीका अनुसार शनिबार साँझ रवी राँके भेडेटार सडक खण्ड अन्तर्गत राजारानीबाट धाराचोक जाँदै गरेको प्र १–०२०–४४ प ८४५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आँउदै गरेको को ३१ प ३१९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा चेम्जोङको मृत्यु भएको हो । 

दुर्घटनामा प्र १–०२–०४४ प ८४५० नम्बरको मोटरसाइकल चालक चौबिसे गाउँपालिका –६ का २१ वर्षीय भीम लिम्बू र को ३१ प ३१९६ नम्बरको मोटरसाइकलमा पछाडि सवार घाइते चेम्जोङ दुबैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । चेम्जोङलाई चिकित्सकले मृत घोषणा गर्नुभएको थियो ।

अर्का चालक चौबिसे गाउँपालिका –६ का ३४ वर्षीय रोशन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनाको कारण भने अनुसन्धानको क्रममा छ ।