• १२ असोज २०८१, शनिबार

गँड्यौला मलको बजारीकरणका लागि कृषि परियोजना

blog

परियोजना बारेमा जानकारी दिन वालिङमा आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी लगायत ।

राधाकृष्ण डुम्रे

वालिङ, असोज ६ गते । गँड्यौले मलको उत्पादन र बजारीकरणका लागि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकामा कृषि परियोजना सुरु भएको छ । रासायनिक मलको न्यूनीकरण गरी ट्राइको भर्मिकम्पोष्ट मल तथा प्राङ्गारिक मल प्रयोगमा किसान, पशु कृषक तथा साना किसान कृषि सहकारीलाई जोड्ने योजनासाथ कार्यक्रम सुरु भएको हो । 

नेपालमा पाकृतिक स्रोतको उपयोगमार्फत उद्यम विकास र उत्थानशिलता प्रवर्धन (प्रेरणा) नामबाट सुरु भएको परियोजना १५ महिनासम्म सञ्चालन हुनेछ । आइडिको सहयोगमा स्याङ्जाको आपसी सहयोग केन्द्रले जिल्लामा काम सुरु गरेको जनाएको छ । 

कार्यक्रम अन्तर्गत ट्राइको भर्मिकम्पोष्ट मलको लेबलिङ, उत्पादन, प्रशोधनगरी बजारीकरणका लागि नेटवर्क बनाउने आइडी नेपालका क्षेत्रीय संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुबै पालिकाभित्रका सहकारीमार्फत किसान परियोजनामा सहभागी हुन सक्नेछन् ।” 

गड्यौले मल उत्पादन र बजारीकरणमा किसानसँग संस्थाले साझेदारी गर्ने उहाँको भनाइ छ । यसका लागि स्थानीय तहको समन्वयकारी भूमिका हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । सरोकारवालाबिच परियोजनाको अभिमुखीकरण र अन्तरक्रिया बैठक गरिएको आपसी सहयोग केन्द्र (आस्क) नेपालका अध्यक्ष रुकुमदत्त शर्माले बताउनुभयो ।