डेंगु सङ्क्रमण ७३ जिल्ला फैलियो, सबैभन्दा बढी बागमती प्रदेशमा
देशका ७३ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रलाई बलियाे बनाउन गण्डकी सरकार क्रियाशिल
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ ।
मनसुनसँगै रोगहरूको उच्च जोखिम
मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ ।
बाँकेमा डेंगुका बिरामी बढ्दै
बाँके जिल्लामा डेंगु रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा डेंगु सङ्क्रमणको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेका आठवटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा
बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता
भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ ।
सेवासुविधा विस्तार गर्दै टीकापुर अस्पताल
टीकापुर अस्पतालमा नाक, कान, घाँटीको उपचार सेवा सुरु भएको छ ।
क्षयरोगका १७४ नयाँ बिरामी भेटिए
बाँकेको कोहलपुर नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियानले गति लिइरहेकै समयमा कोहलपुरमा १७४ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् ।
बागमतीमा थपिए ३५ जना डेंगु सङ्क्रमित
बागमती प्रदेशमा ३५ जना डेंगु सङ्क्रमित थपिएका छन् । असारको १७ गते सोमबारसम्म काठमाडौँमा १८, काभ्रेपलान्चोकमा ८, चितवनमा ६ र ललितपुर, मकवानपुर, नुवाकोटमा एक एक जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म मन्त्री अस्पतालमै
मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री उर्मिलादेवीसिंह चौधरी सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म अस्पताल भर्ना भएर सोमबार दिउँसो डिस्चार्ज हुनुभएको छ ।
जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
बाँके डेंगु सङ्क्रमणको उच्च जोखिममा
पश्चिम नेपालको केन्द्र तथा भारतसँग सीमाना गाँसिएको बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा देखिएको छ । खुला सीमाना र डेंगुबारे जिल्लामा खासै सचेतना नफैलाइएका कारण यो जिल्ला डेंगुको उच्च जोखिममा रहेको हो ।
‘बालबालिकालाई मोबाइल हैन, माया दिऊँ’
पछिल्लो समय बालबालिकामा मोबाइल लगायत विद्युतीय उपकरणको प्रयोग बढ्दो रहेको छ । आफ्नो सजिलोका लागि आमाबुबाले बालबालिकालाई मोबाइल फोनलगायत उपकरण दिएर भुलाउँदा स्वास्थ्यमा नकारात्मक असर परिरहेको चिकित्सकको भनाइ छ ।
अस्पतालको सुधार गर्नु मेरो मुख्य लक्ष्य : मन्त्री यादव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अस्पतालहरूको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनाकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनीषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।
इलामको रोङमा नसर्ने रोगको खोजी अभियान
इलामको रोङमा नसर्ने रोग नियन्त्रण सम्बन्धी अभियान सुरु गरिएको छ ।
सुख्खा मौसमले दुध उत्पादनमा कमी
सुख्खा मौसमले तराईमा दुध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दुध सङ्कलन प्रभावित भएको छ । सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दुध सङ्कलन गर्दै आएको थियो ।हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको थियो ।
डेंगुविरुद्ध जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न स्वास्थ्य मन्त्री यादवको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले डेंगु लगायत सङ्क्रामक रोगविरुद्ध जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न निर्देशन दिनुभएको छ।
कोरोना भाइरसविरुद्धको खोप ल्याइयो
सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एयरवेजमार्फत ल्याएको हो ।
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यक : निर्देशक घिमिरे
डेङ्गु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ ।
फार्मेसी अभ्यासका लागि जिपेड कार्यक्रम
कुशल फार्मेसी अभ्यासका लागि युवाहरुको सक्रियतामा काठमाडौं विश्वविद्यालयमा जिपेड कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।
प्रशासन कार्यालयभित्र सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष सञ्चालन
जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उदघाटन गर्नुभएको हो ।
सुदूरपश्चिममा डेङ्गु, स्क्रबटाइफसविरुद्ध अभियान जारी
सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ । गएको माघयता यहाँ एक सय १६ जनामा डेङ्गु तथा चार सय नौ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि प्रदेश सरकारले अभियान थालेको हो ।