नाइरोबी फ्लाई किराको सङ्क्रमणबाट बच्न चिकित्सकको सुझाव
वर्षायाम सुरु भएसँगै नेपालमा छालामा नाइरोबी फ्लाई किराको सङ्क्रमण बढ्ने गर्छ । यो मौसममा पाइने नाइरोबी फ्लाई किराको सम्पर्कमा आएपछि छालामा सङ्क्रमण बढ्ने चिकित्सकको भनाइ छ । अहिले मुख्यगरी तराईका जिल्लामा यो किराको संक्रमण बढेको छ ।
कालीगण्डकीमा गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८०/८१ को देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो ।
म्याग्दीका एक लाख १३ हजार पशुलाई खोप
म्याग्दीका कृषकले पालेका एक लाख १३ हजार पशुलाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धि गर्न जिल्लाका छ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप अभियान सञ्चालन गरेको हो ।
दिवा खाजा कार्यक्रमका लागि लायन्स र विश्व खाद्य कार्यक्रमको सहयोग
संयुक्त राज्य अमेरिकाको विश्व खाद्य कार्यक्रम र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसीआइएफ) ले नेपाल सरकारको दिवा खाजा कार्यक्रमलाई सहयोग घोषणा गरेको छ ।
वडा स्वास्थ्य क्लिनिकबाट ९२ हजार बढीले लिए सेवा
कैलालीको धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा सञ्चालन गर्दै आएको वडा विशेषज्ञ स्वास्थ्य क्लिनिकमा ९२ हजार ३४२ जनाले सेवा लिएका छन्।
सरकारी अस्पतालमै शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएकोे छ ।
डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह
काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।
सर्पदंशका बिरामी बढे
पछिल्लो समय नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पदंश बिरामीहरु बढेका छन् ।
टीकापुर अस्पतालले थाल्यो ‘डाइलिसिस’ सेवा
लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो ।
पाँच दिनभित्र समाधानको खाका पेश गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि स्पष्ट खाका बनाएर पेश गर्न निर्देशन दिनु भएको छ ।
मुसहर परिवारलाई बिमा रकम
बर्दिबासका एक दलित परिवारले पहिलोपटक बिमा रकम पाएका छन् । बर्दिबास १२ स्थित बिजलपुराकी ६४ वर्षीय मृतक रामरतीदेवी सदाको परिवारले बिमा रकमबापत एक लाख रुपियाँ भुक्तानी पाएको हो ।
‘डेङ्गु संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ’
वर्षा सुरुभएसँगै डेंगु लगायत किट जन्य रोगको जोखिम बढ्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले वर्षाको समयमा डेंगु सङ्क्रमणको जोखिम बढ्ने बताउनुहुन्छ ।
सहरी क्षेत्रका बालबालिकामा बढी कुपोषण
पाल्पामा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कुपोषण बढी देखिएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा स्वास्थ्य बीमा लागू
स्वास्थ्य बीमा बोर्डसँग भएको सम्झौता बमोजिम साउन १ गतेबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुर अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले बताउनुभयो ।
बाल सुधार गृहका बाल बन्दीमा छाला रोगको सङ्क्रमण
बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ ।
अर्घाखाँची १० औँ पटक पूर्णखोप सुनिश्चित घोषणा
अर्घाखाँची १० औं पटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको छ ।
चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सुरु
चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ । गत जेठ १८ गते स्वास्थ्य बिमा बोर्ड र अस्पतालबिच सम्झौता भएपछि आज (मङ्गलबार) अर्थात् साउन १ गतेबाट सो कार्यक्रम सुरु भएको हो । स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षदेखि रोकिएको थियो ।
ओखलढुङ्गामा २२ जना डेंगु सङ्क्रमित
ओखलढुङ्गामा डेंगु सङ्क्रमण बढेको छ ।
उत्साह लिएर मन्त्रालयमा आएको छु : स्वास्थ्य मन्त्री पौडेल
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उत्साहका साथ मन्त्रालयको जिम्मेवारीमा आएको बताउनुभएको छ।
चन्दा सङ्कलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन
यहाँ चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ । राइनास नगरपालिका-२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १ झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । क्बलका अध्यक्ष एवम् राइनास-२ का वडाध्यक्ष लक्ष्मण शाहीले चन्दा सङ्कलन गरेर उठेको रकमबाट गाउँमा एम्बु
राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने निर्णय
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यभार समाल्नुभएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गएर कार्यभार समाल्नुभएको हो ।
दमौलीमा ज्वरो र झाडापखालाका बिरामी बढे
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो ।
निःशुल्क स्वास्थ्य शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित
बाँकेको नरैनापुर गाउँपालिका–२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो ।
बैङ्कर बन्ने सपना छोडेर नर्स बनेका अभिषेक
झट्ट सुन्दा पुरुष स्टाफ नर्स छन् भन्दा अझै पनि धेरैले अचम्म मान्छन् । नर्स भन्ने बित्तिकै सबैजसोले महिला स्वास्थ्यकर्मी नै भन्ने बुझ्छन् ।