फोलिकेयर औषधी बिक्रीमा रोक
औषधी व्यवस्था विभागले फोलिकेयर ट्याब्लेट नामक औषधीको बिक्रीमा रोक लगाएको छ । विभागले सूचना निकाल्दै काभ्रेस्थित क्युरेक्स फार्माको फोलिक एसिड ट्याब्लेट औषधीको ब्याच नम्बर टीईएस ०३२ बिक्री, सिफारिसमा रोक लगाएको हो ।
बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार
सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका-२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान-९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ ।
गुल्मी पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा
गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ महिनासम्मका बालबालिकाहरूले लगाउनुपर्ने सम्पूर्ण खोपहरू पूरा भएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले जानकारी दिनुभयो ।
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला घोषणा
पाल्पालाई ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा विकास गरिनुपर्छ : नेता डा. कोइराला
नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताउनुभएको छ ।
सिन्धुलीका सात पालिका पूर्ण खोप सुनिश्चित घोषित
सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा तहलाई ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ ।
धनकुटा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
धनकुटा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने
कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ ।
बागमतीमा पाँच सयभन्दा बढीमा डेंगु पुष्टि
बागमती प्रदेशमा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी)अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले बागमती प्रदेशमा ५०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
भीमसेन थापा गाउँपालिकामा सामूहिक दुर्घटना बिमा कार्यक्रम
गोरखाको भीमसेन थापा गाउँपालिकाले सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाको चालु आर्थिक वर्ष २०८०-२०८१ मा पालिका भित्रका सम्पूर्ण नागरीहरूको सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
दुई सय विद्यार्थीको निःशुल्क मुटु परीक्षण
नेपालगन्जका सामुदायिक विद्यालयका दुई सय विपन्न विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको छ ।
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ ।
‘शारीरिक रूपमा स्वस्थ रहन ‘पेट’ सफा राखौँ’
पौष्टिक खानाले शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन मद्दत गर्ने चिकित्सकहरूको भनाइ छ । विभिन्न अध्ययनले स्वथ्यकर खानेकुराले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएको छ ।
‘वर्षातमा खानेपानी तथा सरसफाइमा ध्यान दिऊँ’
विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
जुम्लामा उमेर नपुग्दै १५.७ प्रतिशत किशोरी आमा
जुम्लामा २० वर्ष मुनिका १५.७ प्रतिशत किशोरी आमा हुने गरेका छन् । जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार विभिन्न पालिकाबाट संस्थागत प्रसुति भएका २० वर्ष मुनिका किशोरी पनि विद्यमान छन् ।
मधेश प्रदेशमा एचआईभी सङ्क्रमित चार हजार भन्दा बढी
प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।
सङ्क्रामकको सूचीमा ५२ किसिमका रोग
सरकारले नेपाल राजपत्रमा ५२ किसिमका रोगलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचीमा सूचीकृत गरेको जनाएको छ ।
डेंगु सङ्क्रमित सङ्ख्या ११ हजार ८६५ पुग्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि असार २१ गते शुक्रवारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ८६५ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा छ जना डेंगु सङ्क्रमित थपिएका छन् ।
विगेन नेपालको सेवाले सार्थकता पाओस् : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विगेन नेपालको सेवाले सार्थकता पाउने अपेक्षा व्यक्त गर्नुभएको छ ।
स्वास्थ्यजन्य फोहोर व्यवस्थापन कसरी ?
अस्पताल, स्वास्थ्य चौकी, प्रयोगशाला, खोप केन्द्र, स्वास्थ्य शिविर जस्ता स्वास्थ्य सेवाप्रदायक संस्था वा स्थानबाट सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई स्वास्थ्यजन्य फोहोर भनिन्छ । रोगको निदान, स्वास्थ्य समस्याको रोकथाम तथा स्वास्थ्यसम्बन्धी सङ्क्रमण न्यूनीकरणमा आधुनिक स्वास्थ्य विज्ञानले ठुलै योगदान पु¥याए पनि चिकित्सासम्बन्धी क्रियाकलापबाट उत्सर्जन हुने फोहोरले स्वास्थ्यसम्बन्धी जोखिम पनि ठुलै मात्रामा बढाएको हुन्छ । त्यही भएर सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई सुरक्षित र भरपर्दो विधिबाट व्यवस्थापन गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको महìवपूर्ण जिम्मेवारी हो ।
जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत
जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको सङ्ख्या उल्लेख्य रहेको कार्यालयले जनाएको छ ।
‘लामखुट्टे खोज तथा नष्ट’ अभियानका लागि आठ करोड विनियोजन
सरकारले डेंगु बनाउने लामखुट्टे खोज तथा नष्ट अभियानका लागि करिब आठ करोड रकम विनियोज गरेको छ ।
राष्ट्रिय योग तथा प्राकृतिक चिकित्सा दिवस
सरोकारवालाले सरकारी अस्पतालबाटै योग तथा प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
बर्दिबासमा डेंगुबाट बच्न सुरक्षात्मक अभियान सुरु
बर्दिबासमा डेंगुबाट बच्न सुरक्षात्मक अभियान सुरु गरिएको छ । किटजन्य रोगको सर्वाधिक जोखिममा रहेको बर्दिबासमा यसको सुरक्षा सतर्कता र सचेतनाका लागि अभियान सुरु गरिएको हो ।