प्रादेशिक अस्पताल जलेश्वर न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा पहिलो
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा मधेश प्रदेशमा पहिलो भएको छ । प्रादेशिक अस्पताल जलेश्वरले ९३ प्रतिशत अङ्क ल्याउँदै मधेश प्रदेशमा पहिलो अस्पताल बन्न सफल भएको हो ।
अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा
बालबालिकाहरूले खोप लाएको सुनिश्चितता पश्चात् अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानसिक स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
भेप र हुक्काको प्रयोगले क्यान्सरको जोखिम
युवा पुस्तामा भेप र हुक्काको बढ्दो लतले क्यान्सरको जोखिम बढ्दै गएकोप्रति स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
स्वास्थ्यका लागि लाभदायी दही-चिउरा
सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। असारमा कामको चाप हुने भएकाले छिटो र मिठो खाजाका रुपमा दही–चिउरा खाने चलन चल्दै आएको विज्ञको तर्क छ।
‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’
काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो ।
जनचेतना बढाउन सके रक्तदाताको सङ्ख्या बढाउन सकिन्छ : मन्त्री यादव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले नागरिकलाई रक्तदानको महत्त्वबारे जानकारी गराउन सके रक्तदाताको सङ्ख्या बढाउन सकिने बताउनुभएको छ।
निःशुल्क सेवाको सूचना स्पष्ट टाँस्न स्वास्थ्य संस्थालाई निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवाको सूचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
नेपाली सेनाले बाँकेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राँझास्थित श्री बज्रदल गणको आयोजनामा आज नरैनापुर गाउँपालिका-२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
औषधीसम्बन्धी अध्ययन तथा अनुगमन गर्न समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधीसम्बन्धी अध्ययन तथा अनुगमन गर्न समिति गठन गरेको छ ।
स्वास्थ्य संस्थालाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो ।
डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा कामपा
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न समुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ ।
औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गर्नुभएको छ ।
गोरखा पूर्णखोप सुनिश्चितता जिल्ला घोषण
गोरखा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषण गरिएको छ । बुधबार जिल्ला सदरमुकाममा एक कार्यक्रमका बिच जिल्लामा रहेको ११ वटा स्थानीय तहहरूले पालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगो पन पालिका घोषण सम्पन्न भएपछि गोरखा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगो पनि जिल्ला घोषण भएको हो ।
नेपाल आँखा अस्पतालमा स्वास्थ्य बिमा सेवा लागू हुने
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बिमा बोर्डबिच स्वास्थ्य बिमा सेवा लागू गर्ने सम्झौता भएको छ । सम्झौतामा आज अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र बिमा बोर्डका तर्फबाट शाखा अधिकृत यशोदा अर्यालले हस्ताक्षर गर्नुभयो ।
पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन गाउँमै ‘स्क्रिनिङ’ शिविर
जिल्लाको जलजला गाउँपालिका-७ धाइरिङकी ८१ वर्षीया वृद्धालाई आफूमा आङ खस्ने (पाठेघर खस्ने) समस्या रहेको शनिबार मात्रै थाहा भयो ।
दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छ : मन्त्री श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताउनुभएको छ ।
दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछु : मन्त्री यादव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले कुनैपनि दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताउनुभएको छ ।
लागूऔषधविरुद्ध ६ दिने अभियान
इस्लामिक सङ्घ नेपालले लागूऔषधविरुद्ध देशव्यापी अभियान सञ्चालन गरेको छ । असार ११ देखि १६ गतेसम्म ६ दिन अभियान सञ्चालन हुने सङ्घले जनाएको छ ।
बजेट अभावले अस्पताल निर्माणको काम ठप्प
जानकी गाउँपालिकाका स्थानीय नागरिकलाई सहज र गुणस्तरीय सेवा दिनका लागि जानकी गाउँपालिकामा निर्माण भइरहेको १५ शय्याको अस्पतालको निर्माण कार्य गत पाँच महिनादेखि बजेट अभावमा रोकिएको छ ।
महामारीका समयमा उपलब्ध स्वास्थ्य सामग्री सर्वसाधारणको उपचारमा प्रयोग : उपप्रमुख डङ्गोल
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताउनुभएको छ ।
मदिरा सेवनले वार्षिक २६ लाखको मृत्यु : डब्लुएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिराबाट बर्सेनि करिब २६ लाख मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको सङ्गठनको भनाइ छ ।
मोबाइलको लतले बालबालिकाको विकासमै जोखिम
मोबाइलको लतको बालबालिकाको विकासमा असर पार्ने हुँदा सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
डेंगु नियन्त्रण गर्न महिला स्वास्थ्यकर्मी परिचालन गरिँदै
बुटवल उपमहानगरपालिकाले डेंगु लगायत किटजन्य रोगको नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । वर्षायाममा धेरै हुने डेंगु नियन्त्रणका लागि बुटवलमा सचेतनामूलक अभियान सुरु भएको छ ।