भारतीय महावाणिज्य दूतावासद्वारा योग शिविर
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा असार २ गते आइतबारदेखि असार ७ गते शुक्रबारसम्म मुलुकका विभिन्न छ ठाउँमा छ चरणमा योग शिविरको आयोजना गर्ने भएको छ ।
पाल्पा अस्पतालमा छैन रेबिजविरुद्धको खोप
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप पाल्पा अस्पतालमै छैन । खोप नहुँदा कुकुरले टोकेर जाने आर्थिक स्तर कम भएका बिरामीहरूले सास्ती खेप्नु परेको छ ।
७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पाठेघर खस्नेको निःशुल्क उपचार
ग्रामीण ऋणग्रस्तता, स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा र धामीझाँक्रीको भरमा सामान्य शल्यक्रियाबाटै उपचार हुने पाठेघर खस्ने समस्याबाट अहिले पनि १० औँ लाख आमा आक्रान्त छन् । कतिपय आमा ‘लगान लागेको, वनको लागेको’ भनेर आफ्नो जटिल रोग लुकाएरै बस्न बाध्य छन् । त्यसमाथि आफ्नो गोप्य अङ्गमा रोगबारे खुलेर आफन्तलाई भन्ने आँटसमेत गर्दैनन् । तर सिन्धुपाल्चोक पिस्करकी ६७ वर्षीय नेप्टी थामीलाई अहिले थाहा भयो, पाठेघर खस्ने रोगको न्यूनतम खर्चमै सहज शल्यक्रिया गरेपछि निको हुने रहेछ । उहाँ वर्षौंअघिदेखि पाठेघर खस्ने (आङ खस्ने) समस्याले पिरोलेको थियो । धेरैबेर उभिँदा र थोरै गह्रौँ भारी बोक्नासाथ पाठेघर खसिहाल्थ्यो । उहाँले अर्थिक अभावका कारण आङ खस्ने रोगको उपचार गर्न सक्नुभएको थिएन । उहाँले रोग पहिचान गर्न पनि सक्नुभएको थिएन ।
'हीट वेभ'का बिरामीले भरिभराउ अस्पताल
तातो हावा 'लु' चलेर अत्यधिक बढेको गर्मीका कारण बाँकेका अस्पताल र स्वास्थ्य संस्थाहरूमा 'हीट वेभ'का बिरामीको चाप बढेको छ ।
सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने भएको छ ।
विषादीसहितको आँप बजारमा छ्यापछ्याप्ती
सर्लाहीका बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो ।
सय पटक रक्तदान
सञ्चारकर्मी पवन जायसवालले सय पटक रक्तदान गर्नुभएको छ। उहाँले विगत ३४ वर्षदेखि गम्भीर अवस्थाका बिरामीका लागि रक्तदान गर्दै आउनुभएको हो।
लागूऔषधका घटना बढेसँगै प्रहरी सक्रिय
पछिल्लो समय इलाममा लागूऔषधका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय इलाम जनस्तरमा सचेतनाका लागि सक्रिय भएको छ । प्रहरीले युवालाई लक्षित गरी सचेतनाका कार्यक्रम गर्न थालेको हो ।
धनुषाका १६ वटा पालिका पूर्ण खोपयुक्त घोषणा
धनुषाका १८ पालिकामध्ये १६ वटा पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । बिहीबार जिल्लाको सबैला नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरेपछि धनुषामा पूर्ण खोपयुक्त पालिकाको सङ्ख्या १६ पुगेको हो ।
बाँकेमा रगत अभाव
पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य हबका रूपमा परिचित बाँकेमा दिनदिनै बढ्दो तापक्रमका कारण रगत अभाव झन् चर्किएको छ ।
‘तातो हावाको लहर ‘लू’ प्रतिकार्यमा जुटौँ’
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगन्ज, रुपन्देहीको सिद्धार्थनगर, कैलालीको धनगढी र मोरङको विराटनगरमा तातो हावाको लहर ‘लू’ प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ ।
‘सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ’
नेकपा (एमाले)का सचेतक सुनीता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गर्नुभएको छ । नागरिकहरु आज पनि सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यनाकर्षण गराउनुभएको हो ।
औषधी अभावमा स्वास्थ्य बिमाबन्द, बिमित स्वास्थ्य सुविधा पाउनबाट वञ्चित
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम दुई सातादेखि बन्द रहँदा बिमित स्वास्थ्य सुविधा पाउनबाट वञ्चित रहेका छन् ।
विद्यालयस्तरमा विश्व योग दिवस मनाइने
नेपाल सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ ।
किशोरीका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले किशोरीका लागि लगानी र नीतिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिको घरमै स्वास्थ्य जाँच
शारीरिक अवस्थाकै कारण स्वास्थ्य संस्थासम्म जान नसकेका रोङ गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरूको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको छ ।
‘लु लाई बेवास्ता गर्दा ज्यानसमेत जान सक्छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले तातो हावा अर्थात ‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह गर्नुभएको छ ।
खाना र क्यान्सरबीचको सम्बन्ध
पछिल्लो समय बढ्दो शहरीकरण र आर्थिक रूपमा क्रय क्षमतामा सुधारसँगै नेपालीको दैनिकीमा निकै परिवर्तन आएको छ । यस परिवेशमा होटल, रेस्टुराँ, सीमानाका क्षेत्र, खाद्य सामग्रीको उत्पादन, ढुवानी, प्रशोधन तथा बिक्री वितरणको फितलो अनुगमनका कारण नेपालमा आगामी दिनमा क्यान्सरका रोगी बढ्ने निश्चित प्रायः छ । त्यसमाथि अग्रजको पालामा जस्तो अर्गानिक (शुद्ध) खानेकुरा पाउन गाह्रो छ । तिनीहरूको पालामा जस्तो शारीरिक परिश्रमको निकै अभाव छ । मोटोपनासँगै नसर्ने रोग लाग्ने क्रममा क्यान्सर हुन सक्ने जोखिम पनि बढ्छ ।
तातो हावाबाट बच्न प्रशस्त मात्रामा कागती पानी पिउन आग्रह
तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।
नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी : सांसद कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
बयलपाटा अस्पतालका लागि तत्काल १० करोड बजेटको व्यवस्था गर्नुपर्छ : सांसद पाण्डे
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तीमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रकाशमानको स्वास्थ्य अवस्था बुझ्न नेता महर भारतमा
भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत कांग्रेस नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस नेता नैनसिंह महरले अस्पताल पुग्नु भएको छ ।
स्याङ्जा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
स्याङ्जा जिल्लालाई प्रदेशकै दोस्रो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।