• २५ असार २०८२, बुधबार

कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध

blog

करिडोमा गएको पहिरो । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), असार २५ गते ।
कालीगण्डकी करिडोर पहिरोका अवरुद्ध भएको छ । गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ ।

बुधबार बिहान सडक माथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरोका सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । निरन्तर पानी परिराखेकाले सडक खुलाउन समय लाग्न सक्ने उहाँले बताउनुभयो । हरेक वर्ष उक्त स्थानमा पहिरो खसेर समस्या हुँदै आएको छ । सडक अवरुद्ध हुँदा पुर्तिघाटदेखि बुटवल जाने सवारीहरु अलपत्र परेका छन्  ।