पत्रकार न्यौपाने पुरस्कृत
सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार रामप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । उहाँ नेपाल हेल्थ डटकमका सम्पादक हुन् ।
निःशुल्क स्वास्थ्य क्लिनिकबाट ७८ हजार बढीले लिए सेवा
कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट ७८ हजार ११७ सेवाग्राहीले सेवा पाएका छन् । हरेक महिना उपमहानगरले महिनाको एक दिन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिने
‘समग्र विकास समृद्ध नगर’ को अवधारणासहित बर्दिबास नगर सभाले आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम ध्वनि मतले पारित गरेको छ।
विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी देशभर तैनाथ
यस वर्षको मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरीको टोली स्रोत साधनसहित देशभर तयारी अवस्थामा छन् । सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयमा बाढीपहिरो, डुबान एवम् विपदमा परेका बेला तत्कालै उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयार पारी परिचालन गरिएको जानकारी दिएको छ ।
लामो समय लाइन बस्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन : मन्त्री यादव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताउनुभएको छ ।
बागमतीमा चार सयभन्दा बढीमा डेंगु सङ्क्रमण
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विगत छ महिनामा सबैभन्दा बढी डेंगु सङ्क्रमण बागमती प्रदेशमा भएको छ ।
कैलाशमा ८२ जना कुपोषित
मकवानपुरको विकट कैलाश गाउँपालिकामा एक वर्षको अवधिमा ८२ जना कुपोषित फेला परेका छन् ।
हाकिमविहीन अस्पताल, सेवा प्रभावित
कालीकोटको स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल अहिले प्रमुखविहीन छ । प्रमुख नहुँदा दैनिक रूपमा दिइने सेवा प्रभावित बनेको छ । भएका कर्मचारीलाई जिम्मेवारी नदिँदा दैनिक कामकाजमा समस्या भएको हो ।
विषाक्त मदिरा सेवनले भारतमा ५३ को मृत्यु
भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताउनुभएको थियो ।
भेरी अस्पतालमा ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट शल्यक्रिया
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ। विगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षीया हस्ता शर्माको भेरी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो।
डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो ।
एक दिनमा १० जनाले मात्रै पाउँछन् ‘एक्स–रे’ सेवा
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रपुर सरकारी अस्पतालमा एक दिनमा बढीमा १० जनाले मात्रै पाउँछन् ‘एक्स–रे’ सेवा ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयुर्वेदिक जडीबटी प्रदर्शनी गर्ने
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले औषधीजन्य जडीबुटी मेला गर्ने भएको छ ।
जिपिएस जडानपछि प्रभावकारी बन्दै एम्बुलेन्स सेवा
काभ्रेपलाञ्चोकमा सञ्चालित एम्बुलेन्समा ‘ग्लोबल पोजिसनिङ सिष्टम (जिपिएस)’ जडानपछि सेवा प्रभावकारी बन्दै गएको छ ।
स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालन
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा आएको छ ।
योगप्रति बढ्दै आकर्षण
नियमित ध्यान र साधनाले स्वस्थ रहनसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि पछिल्लो समय जिल्लामा योग अभ्यासप्रति आकर्षण बढ्दै गएको छ । योग अभ्यास र साधनाले शारिरीक मानिसक स्वास्थ्य राख्नका लागि सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने भएपछि युवादेखि वृद्धवृद्धासम्म योगमा लाग्नुभएको छ ।
पोखरामा मनाइयो योग दिवस
पोखरामा दशौं अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जली योगपीठको विशेष आयोजनामा योग दिवस मनाइएको हो ।
बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव
पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य केन्द्रका रुपमा परिचित बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ ।
विद्यालयस्तरमा योग अभ्यास विस्तार गरिने : मन्त्री सिंह
मधेश प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह कोइरीले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भने मूल नारालाई कार्यान्वयन गर्न योग अभ्यासलाई विद्यालय स्तरमा र वडा तहमा विस्तार गर्ने बताउनुभएको छ ।
देखासिकीमा जबरजस्ती योग गर्नुहुँदैन
आयुर्वेद चिकित्सक डा।सुबोध मिश्रले जबरजस्ती योग नगर्न आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उहाँले यस्तो बताउनुभएको हो।
विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ ।
योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । साथै योगको अनुकूलतामा समावेशीतालाई अक्षुण्ण राख्न तथा स्वस्थ एवं खुशियाली मानव जीवनमा योगदान पुग्ने उहाँको भनाइ छ ।
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गर्नुभयो ।
नसर्ने रोगको जोखिमबाट बच्न योग
नियमित योग गर्नाले नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताइएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा विभागका महानिर्देशक डा. प्रदीप केसीले नियमित योग गर्ने मानिसलाई नसर्ने रोगको जोखिम कम हुने बताउनुभयो ।