• ११ असोज २०८१, शुक्रबार

ओपिडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय पुनरावलोकन गर्न माग

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसमक्ष ध्यानाकर्षण गराउँदै नेपाल चिकित्सक सङ्घ ।

काठमाडौँ, असोज ५ गते । नेपाल चिकित्सक सङ्घले सार्वजनिक बिदामा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने सरकारको निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै ध्यानाकर्षण गराइएको छ ।

सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसमक्ष सार्वजनिक बिदाको दिनमा बहिरङ्ग (ओपिडी)सेवा सञ्चालन गर्ने सरकारको निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै ध्यानाकर्षण गराइएको हो ।

सङ्घका महासचिव डा. सञ्जीव तिवारीले मन्त्री पौडेलले यो समस्याको शीघ्र समाधान गर्ने आश्वासन दिनुभएको जानकारी दिनुभयो ।

यस अघि स्वास्थ्य मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिन बहिरङ्ग लगायतका सेवा सञ्चालन गर्न सरकारी अस्पताललाई पत्राचार गरेको थियो । सार्वजनिक बिदाको समयमा पनि बहिरङ (ओपिडी) सेवा सञ्चालन गर्ने निर्णय फिर्ता लिन सरकारलाई सङ्घले आग्रह गरेको थियो ।