• ७ मंसिर २०८१, शुक्रबार

‘विदेशको तुलनामा आथ्रोस्कोपी सर्जरी यहाँ सस्तो छ’

blog

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ आथ्राेस्कोपी तथा आर्थोप्लाष्टिक सर्जन डा. विभूतिनाथ मिश्र ।

काठमाडौँ, असोज  ९  गते । आथ्राेस्कोपी सर्जरी भनेको दूरबिन पद्धतिबाट विभिन्न जोर्नीको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्धति हो । सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच गर्ने र जाँच गर्दा  देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आथ्राेस्कोपी भनिन्छ ।

अर्थोपेडिक सर्जन डा. विभूतिनाथ मिश्रका अनुसार यो अङ्ग्रेजीबाट आएको शब्द हो । आर्थो भनेको जोर्नी र  स्कोपि भनेको  क्यामेरा वा दूरबिनको सहाराले हेर्नु, त्यसैले क्यामेरा वा दूरबिनको सहाराले सानो प्वाल पारेर जोर्नीको रोगको निदान तथा उपचार गर्ने विधिलाई आथ्राेस्कोपी प्रविधि   भनिन्छ ।

प्रायः यो घुँडा (नि), कुम (सोल्जर) गोलीगाँठो (एन्कल) को गरिन्छ । आर्थोस्कपिक प्रविधिद्वारा मानव शरीरमा भएका जोर्नीहरू जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नीभित्रको रोगको निदान र उपचार गर्न सम्भव हुन्छ । नेपालमा भने  घुँडाको र कुमको  उपचारमा यो प्रविधिको प्रयोग हुने गरेको छ ।

खेलको क्रममा वा विभिन्न चोटपटक लाग्दा घुँडाको भित्री भागको (लिगामेन्ट) नशा तथा तथा वासर (मेनिस्कस) हरू च्यातिएको खण्डमा यो पद्धतिबाट नयाँ नशा (लिगामेन्ट) बनाउने तथा च्यात्तिएको वासर (मेनिस्कस) लाई टाँका लगाएर उपचार गर्ने दूरबिन पद्धतिलाई आथ्राेस्कोपी सर्जरी भनिन्छ । 

घुँडाको आथ्राेस्कोपी सर्जरी गर्दा बिरामीलाई बेहोस बनाउनुपर्दैन । ढाडमा सुई दिएर (स्पाइनल एनेस्थेसिया) खुट्टा लट्ठ्याएर सानो प्वाल बनाई यो सर्जरी गरिन्छ । कतिपय बिरामीले त सर्जरीको क्रममा उक्त भिडियो हेर्दै गरेका पनि हुन्छन् उहाँले भन्नुभयो ।  

यो च्यातिएको लिगामेन्ट (वा नशा) लाई सानो प्वाल पारेर दूरबिनको माध्यमबाट सर्जरी गर्ने उपचार विधि हो । धेरै बिरामीहरू खेलाडी, बाइकर, आर्मी प्रहरीका हुने गरेका छन् । विकसित देशबाट सुरु भएको यो सर्जरीले हाम्रो देशमा यो अवस्थासम्म आइपुग्न विभिन्न प्रकारका बाधा अवरोध पार गरेको हो । 

यसका उपकरणहरू तुलनात्मक रूपमा महँगो हुने तथा चिकित्सकले पनि यो सर्जरी सिक्नका लागि थप तालिम लिनुपर्ने भएकाले केही समय ढिलामात्र यो सर्जरीले विकसित रूप लिएको हो । ठुलो चिरफार नगरी सानो प्वाल बनाएर सर्जरी गर्ने हुनाले सर्जरीपश्चात् दुः खाइ पनि कम हुने, घाउ पनि चाँडो निको हुने र बिरामी पनि चाँडै स्वस्थ भएर फर्किने गरेका छन् । 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ आथ्रोस्कोपी तथा आथ्रोप्लाष्टिक सर्जन समेत रहनुभएका मिश्रले भन्नुभयो, “यो सर्जरीपश्चात् फिजियोथेरापी तथा व्यायामको ठुलो भूमिका रहन्छ । ग्राण्डीमा पछिल्लो समय यस सर्जरी गर्ने बिरामीको सङ्ख्या बढेको छ । पटक पटक कुम खुस्किने तथा कुमका अनेक समस्या भएका बिरामीहरू पनि यो सर्जरीबाट लाभान्वित भएका छन् ।"

आथ्राेस्कोपी सर्जरी गरेका बिरामीहरू नौ महिनादेखि १ वर्षमा प्रोफेसनल स्पोर्टमा फर्केका उदाहरण धेरै छन् । नेपालमा यो सर्जरी एक दशक अगाडि नै भित्रिए पनि विगत केही वर्षदेखि यसले तीव्र रूप लिएको छ ।

घुँडाको लिगामेन्ट च्यात्तिएका कतिपय बिरामीहरूले वास्ता नगरी बस्दा भविष्यमा घुँडा चाँडै नै बिग्रिने, घुँडा खिइने तथा पछि दुः खाइ लिएर बस्नुपर्ने हुन्छ । यस्ता बिरामीले समयमै उपचार गर्दा घुँडा बिग्रिने प्रक्रियाबाट जोगाउन सकिन्छ उहाँले भन्नुभयो । 

तुलनात्मक रूपमा विदेशभन्दा यो सर्जरी नेपालमा धेरै नै सस्तो हुने गरेको उहाँको भनाइ छ । ग्राण्डीमा घुँडा तथा कुमको सबै प्रकारको आथ्राेस्कोपी सर्जरी गरिन्छ ।