• ११ असोज २०८१, शुक्रबार

गोरखामा सात सय ३३ जनामा डेंगु, तीन सय ७३ जनामा स्क्रब टाइफस

blog

गुणबहादुर रोका     
सुलीकोट, असोज १० गते ।
गोरखाामा सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जिल्लामा अत्यधिक मात्रामा डेंगु रोग सङ्क्रमण बढ्दै जाँदा साउन, भदौ र असोज १० गतेसम्म सात सय ३३ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले जानकरी दिनुभयो ।

उहाँका अनुसार साउन १ गतेदेखि असोज १० गते बिहीबारसम्म जिल्लाको गोरखा नगरपालिाकामा ५ सय ८३ जना, पालुङटार नगरपालिकामा ५६ जना, आरुघाट गाउँपालिकामा ६२ जना, मिमसेन थापा गाउँपालिकामा दुई जना, सहिदलखन गाउँपालिकामा १२ जना, अजिरकोट गाउँपालिकामा तीन जना,  बारपाक सुलिकोट तीन जना र गण्डकी गाउँपालिकामा १० जना, चुमनुब्री गाउँपालिकामा दुई जनामा डेंगु सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

यस्तैगरी, ७० दिनको अवधिमा गोरखामा तीन सय ७३ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । जसमा गोरखा नगरपालिकामा एक सय ५५ जना, आरुघाट गाउँपालिकामाम एक सय ४३ जना, पालुङटार नगरपालिकामा ५६ जना, सिरानचोक गाउँपालिकामा आठ जना, भिमसेन थापा गाउँपालिकामा आठ जना र शहिद लखन गाउँपालिकामा तीन जना स्क्रब टाइफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताउनुभयो ।

यस वर्ष साउन महिनाको सुरुदेखि नै गोरखामा डेंगु सङ्क्रमण अत्यधिक मात्रामा देखिन थालेको छ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको सययमा टोक्ने गर्दछ । वर्षातको समयमा जतातौ पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिमिरा आउने, मांसपेशी दुख्ने, टाउको धेरै दुख्ने, रक्तस्राव हुने, शरीर कटकटी दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छन् ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाको समन्वयमा अहिले ११ वटै पालिकाहरुले डेंगु रोगसम्बन्धी सचेतना गर्दै जिल्लाका ९४ वडामा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्दा समेत झनै बढ्दै गइरहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माको भनाइ छ ।