• ११ असोज २०८१, शुक्रबार

किशोर किशोरीमा बढ्दो मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

blog

मानसिक स्वास्थ्यसम्बन्धी काठमाडौँमा दुई दिन अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौँ, असोज गते ८ गते । किशोर किशोरीहरूको मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । उक्त सम्मेलन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा असोज १५ र १६ गरी दुई दिन काठमाडौँमा हुने भएको हो ।

उक्त सम्मेलनका संयोजक तथा वरिष्ठ बाल मानसिक रोग विशेषज्ञ डा.अरुण कुँवरले  किशोर किशोरीहरूको मानसिक स्वास्थ्य सुधारमा सरकारी नीति निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले सम्मेलन गर्न लागेको जानकारी दिनुभयो ।

तेस्रो पटक आयोजना हुन लागेको उक्त सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका गरी २५० बढी विज्ञहरू सहभागी हुने आङ्कलन गरिएको छ ।

युवाहरूमा मानसिक स्वास्थ्य समस्या व्यापक बन्दै गइरहेकाले त्यसलाई नियन्त्रण गर्न सम्मेलनको आयोजना गर्न लागिएको डा. कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्मेलनले विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोर किशोरीहरू बढ्दो मानसिक स्वास्थ्य समस्यालाई कस्ता खालका रणनीतिहरू निर्माण गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित हुन्छ ।”

डा.कुँवरले पछिल्ला दिनहरूमा नेपालमा धेरै डिजिटल उपकरणहरूको प्रयोग गर्ने हुँदा बालबालिका तथा किशोर किशोरीहरूमा डिजिटल अटिजमको समस्या बढ्दो गएको बताउनुभयो ।