‘मातृभाषालाई सरकारी कामकाजी भाषा बनाउन ढिलो गर्नुहुन्न’
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीले भाषा आयोगले प्रदेशमा सरकारी कामकाजी भाषा बनाउनेगरी सिफारिस गरेको भाषा कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
“सिरीयामा मानवीय सङ्कट गहिरिँदै, अपिलमा मात्र १० प्रतिशत सहयोग”
सिरीयामा नोभेम्बर महिनादेखि हालसम्म ६ लाख ७० हजार मानिस विस्थापित भएका छन् भने १० लाखभन्दा बढी नागरिक आफ्ना घरमा पुनः फर्किएका संयुक्त राष्ट्रसङ्घ मानवतावादी निकायले जनाएको छ ।
नेपाल भारत सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षा चेकजाँच
पछिल्लो पटक भारतीय देखिएको पछिल्लो परिस्थितिलाई मध्यनगर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने उद्देश्यले नेपाल र भारत दुवै तर्फबाट सुरक्षाकर्मीको संयुक्त पहलमा सीमावर्ती सुरक्षा गस्ती थालिएको हो।
नारायणीले कटान गर्न सक्ने ठाउँमा तटबन्ध बनाउन सांसद कार्कीको आग्रह
नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य विष्णुकुमार कार्कीले नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका प्रमुख चक्रविक्रम सिंहलाई नारायणीले कटान गर्नसक्ने सम्भावित स्थलमा तत्काल तटबन्ध निर्माण गर्न आग्रह गर्नु भएको छ ।
पोखरीमा डुबेर किशोरको मृत्यु
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ धरमपुर एक्कासीमा रहेको कृत्रिम जलाशयमा पौडी खेल्ने क्रममा एक जना किशोरको मृत्यु भएको छ। शनिबार पौडी खेल्नेक्रममा भूपेन्द्र विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालयल तुलसीपुरका जनाएको छ।
राष्ट्रपति ट्रम्पको खाडी मुलुकतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्यमा जोड
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार साउदी अरेबिया, कतार तथा संयुक्त अरब इमिरेट्सको भ्रमणमा जानुहुने छ ।
समस्याको चपेटामा राजविराज कारागार
राजविराज कारागार कारागार मुलुकै पुरानो कारागारमध्ये एक हो । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमणको चपेटामा परेको छ । त्यो अतिक्रमण हटाउने प्रयास कहि कतैबाट भइरहेको छैन ।
आतङ्कवादको प्रतिकार गर्नु सबैको दायित्त्व हो : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दै भारतको पक्षमा दृढ ऐक्यबद्धता प्रकट गर्नुभएको छ।
मदरसा शिक्षालाई आधुनिक प्रविधिसँग जोड्नुपर्छ : मन्त्री तिमिल्सिना
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले मुश्लिम समुदायका बालबालिकाको पठनपाठनलाई थप प्रभावकारी बनाउन मदरसा शिक्षालाई प्रविधिको प्रयोग गरी आधुनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
तरकारीमा ९७ प्रतिशतभन्दा बढी विषादी
धरान उपममहानगरपालिकाको कृषि उपज बजारमा आएको फूलकोपीमा ९७ प्रतिशतभन्दा बढी विषादी भेटिएपछि धरान उपमहानगरपालिकाले दैनिक विषादी परीक्षणको दायरा बढाएर परीक्षण सुरु गर्न थालेकोे छ ।
इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता आइतबार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिनुभएको छ । ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने जनाएको छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने
सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो ।
दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
गोरखाको दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका–८ गैरीछाप स्थायी घर भएका २३ वर्षीय आयुश गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
बेवारिसे व्यक्तिको शव फेला
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित कोशी व्यारेजको पुलदेखि तीन सय मिटर दक्षिण नदि किनारमा पुरुषको शव फेला परेको हो ।
नदी व्यवस्थापन कार्यालय नहटाउन सरकारसँग स्थानीयको अनुरोध
बर्दिया जिल्लामा तीन ठुला नदीहरू छन् । बबई, मान र कर्णाली जस्त ठुला नदी बर्दिया भएर बग्ने गर्दछन् भने औराही नदी, भादा नदी बर्दियाका सहायक नदीमा पर्दछन् ।
चिडिमार समुदायका २६५ जनाको निःशुल्क कान र आँखाको उपचार
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ वेलासपुरमा बसोवास गर्ने अत्यधिक पिछिडिएको मानिने चिडिमार समुदायका लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पदः उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानुनले विभेद गर्नु लज्जास्पद भएको बताउनुभएको छ ।
बागमतीमा आइतबारदेखि प्रदेश युवा सम्मेलन
बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारदेखि आयोजना हुने ‘प्रदेश युवा सम्मेलन २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
मध्यपहाडी लोकमार्गको खहरे खोलामा पुल निर्माण
पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङको सत्रसय–सुन्दरबजार सडकखण्डमा पर्ने खहरे खोलामा पुल निर्माण गरिएको छ । पुलको ढलान सम्पन्न भएसँगै अब यस क्षेत्रका यात्रु तथा स्थानीय बासिन्दालाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ ।
गुल्मीका पत्रकारको रक्त समूह पहिचान
नेपाल पत्रकार महासङ्घ गुल्मीले विविध कार्यक्रमसहित २१औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सञ्चारकर्मी तथा क्रियाशील पत्रकारहरूको रक्त समूह पहिचान तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
खोटाङमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव आजदेखि
खोटाङ, वैशाख २७ गते । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विधाका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरूष हाफ म्याराथनसहित दौड, खुला महिलारपुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते) खुला महिला र पुरूष हाफ म्याराथनसहित एथलेटिक्स विद्याका सबै प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । खुला महिला र पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीन वटै क्लब, विभिन्न जिल्लाका धावकगरी ३५ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ, छैटौँ र सातौँ हुनेले क्रमशः ७७ हजार सात सय ७७, ५५ हजार पाँच सय ५५, २५ हजार पाँच सय ५५, १५ हजार पाँच सय ५५, ११ हजार एक सय ११, सात हजार सात सय ७७ र पाँच हजार पाँच सय ५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको महोत्सवमा १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमूनिका छात्रछात्राका लागि दुई किलोमिटर, १५ वर्षमाथिका महिला÷पुरूषका लागि १० किलोमिटर, ६० वर्षमाथि पुरूषका लागि दुई किलोमिटर, आमाहरूका लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुने छ । दौड प्रतियोगितामा सहभागी हुनका लागि करिब सात सय धावकहरू जिल्ला भित्रिसकेको आयोजकले जनाएको छ । दस वर्षमुनिका छात्रछात्रा एक माल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले तीन हजार, दुई हजार, एक हजार, बाह्र वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले, चार हजार, तीन हजार र एक हजार पाँच सय, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सयका दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ । बाह्र वर्षदेखि १५ वर्षमुनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद सात हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सयको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र सात हजार पुरस्कार पाउनेछन् । १५ वर्षमाथिका महिला र पुरूष १० किलो मिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार, सात हजारको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । महोत्सवको चौथो र पाँचौँ दिन ९वैशाख–३० र ३१ गते० खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा टेबलटेनिस प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ । खुला सिनियर पुरूष टेबलटेनिस प्रतियोगिताअन्तर्गत प्रथम, द्वितीय र सेमिफाइनलिष्टले क्रमशः नगद २५ हजार, रु १२ हजार पाँच सय र सेमिफाइनलिस्ट दुई जनाले छ हजार दुई सय ५० का दरले पुरस्कार प्राप्त गर्ने छन् । खुला जुनियर पुरूष टेबलटेनिसमा प्रथम, द्वितीय र सेमिफाइनलिस्ट ले क्रमशः १५ हजार, सात हजार पाँच सय र सेमिफाइनलिस्ट दुई जनाले तीन हजार सात सय ५० का दरले नगद प्राप्त गर्ने छन् । खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार, पाँच हजार र सेमिफाइनलिस्टले दुई जनाले क्रमशः दुई हजार पाँच सयका दरले नगद पुरस्कार पाउने छन् । उनीहरूका लागि ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार, आठ हजार, सात हजार र चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । महोत्सवको अन्तिम दिन अर्थात् आगामी जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एक जना महिला साहित्यकारलाई नगदसहित सम्मान गर्ने तयारी गरिएको जनाइएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । दिक्तेल बजारस्थित सिँचाइगेटबाट सुुरु हुने हाफ म्याराथन तथा दौड प्रतियोगितामा सहभागी हुने विभिन्न जिल्लाका धावक तथा दर्शकले जिल्लामा माहोल बनेको छ । छ दिनसम्म सञ्चालन हुने महोत्सवको अवसरमा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको छ । महोत्सवका लागि ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभयो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, वैशाख २७ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रूपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रूपैयाँ ८१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १०५ रूपैयाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३९ पैसा र बिक्रीदर नौ रूपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १८ रूपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ ।केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण भएको छ ।यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७४ पैसा र बिक्रीदर नौ रूपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १४ रूपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५६ पैसा र बिक्रीदर २० रूपैयाँ ६५ पैसा तोकिएको छ ।राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६१ पैसा रहेको छ ।यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
आजको मौसमः चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ, वैशाख २७ गते । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
क्याम्पसमा निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा
फुङलिङ नगरपालिकाको समन्वयमा पाथीभरा बहुमुखी क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको एकमात्र स्नातकोत्तर तहको अध्ययन हुने पाथीभरा बहुमुखी क्याम्पसले खरिदार तथा नायब सुब्बा पदका लागि लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।