चढाएका घण्टी त्रिशूल पत्थर बन्ने दुग्धनाथ मन्दिर
वरिपरि सबै तिर सुख्खा भिर । भिरकै बिचमा एक खोच, खोचमा सानो ओडार अनि ओडार भित्र गाइका थुन झैँ देखिने पत्थर र पत्थरबाट निरन्तर रसाइरहेको पानी ।
मूल ढोकामा ताल्चा मारेर जाडो छल्न बेँसी
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५का अधिकांस घरका मूल ढोकामा ताल्चा झुन्डिएको छ ।
गुल्मीमा एक वर्षमा ६७ जनाको घरबाहिर शव फेला
गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियार स्थित पनाहा खोलामा एक पुरुषको शव फेला परेको १३ दिन भए । सेतो हरियो रङको चेक सर्टमाथि निक लेखेको कालो ट्रयाक र कालो पाईन्ट लगाएको पुरुषको शव फेला परेको थियो ।
लागुपदार्थ सेवन गरी सवारी चलाउने नौ चालक पक्राउ
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन नौ जना चालकलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा लागु पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमबाट एक वर्षमै ५० हजार युवा विदेशिए
सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनामा ५० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आव २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन् ।
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन
समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०९ पैसा र बिक्रीदर १४४ रुपियाँ ६९ पैसा निर्धारण गरिएको छ ।
जबसम्म तीन तहको सरकारबिच समन्वय नभएसम्म परिणाम आउँदैन – सुशील ज्ञवाली
लगानी बोर्डका प्रमुख कार्यकरी अधिकृत सुशील ज्ञवालीले जबसम्म तीन तहको सरकारबिच योजना प्रणालीमा समन्वयन हुँदैन तबसम्म सकारातमक परिणाम नआउने बताउनुभएको छ ।
गोरखापत्र सधैं पहिलो रहनुपर्छः सञ्चार सचिव अर्याल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्र सधैं नै पहिलो रहनुपर्ने बताउनुभएको छ ।
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशीक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताउनुभएको छ ।
ट्याङ्करको ठक्करबाट बालकको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।
एमाले ११ औँ महाधिवेशन : निर्वाचितले लिनुभयो शपथ
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
स्वास्थ्य मन्त्री डा.गौतम र डब्लुएचओ युरोप क्षेत्रीय निर्देशक पी.क्लुगेबीच भेटवार्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतम र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपका क्षेत्रीय निर्देशक डा. हान्स हेन्री पी.क्लुगेबीच भेटवार्ता भएको छ।
तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला
भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नु भएको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नपरेको दाबी गरेको छ ।
चार करोडको लागतमा क्याम्पसको प्रशासनिक भवन बन्ने
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसमा करिब चार करोड २० लाख रुपियाँको लागतमा प्रशासनिक भवन निर्माण सुरु भएको छ ।
थाई सेनाद्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार
थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रबिचको प्रमुख सिमा नाका हो जहाँ हाल दुई पक्षबिच झडपमा भइरहेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा.सुवेदी नियुक्त
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त हुनुभएको छ ।
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
विभिन्न शहरबाट अवैध लागुऔषधसहित १९ जना पक्राउ परेका छन् ।
रास्वपाद्वारा समन्वय कार्यदल गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ ।
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता
विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्य विस्तार गर्ने उद्देश्यले भारतले आगामी केही महिनाभित्र विभिन्न स्वतन्त्र व्यापार सम्झौता (एफटिए)लाई अन्तिम रूप दिन प्रयास तीव्र बनाएको छ ।
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भक्तपुरमा ‘घरेलु उत्पादन प्रवर्द्धन मेला सुरु
भक्तपुरमा आजदेखि तीन दिने ‘घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२’ सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा स्थानीय नःपुखुः परिसरमा आयोजित मेलामा ४७ वटा प्रदर्शनी कक्ष रहेका छन् । मेला आगामी शनिबारसम्म सञ्चालन हुने छ ।
करदाता सेवा कार्यालय खारेजको विरोधमा प्रदर्शन
रौतहट सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णयविरूद्ध उद्योग वाणिज्य संघ रौतहट आपत्ति जनाउँदै बिहिबार विरोध प्रदर्शन गरेका छन् ।