आइएस-के का वरिष्ठ नेता पक्राउ
पाकिस्तानले इस्लामिक स्टेट जिहादी समूहको क्षेत्रीय शाखा इस्लामिक स्टेट खोरासान (आइएस-के)का एक वरिष्ठ नेतालाई पक्राउ गरेको जनाएको छ ।
खेजेनिममा क्लबस्तरीय फुटबल प्रतियोगिताको तयारी
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा प्रथम मानाभरा आमन्त्रित क्लबस्तरीय कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। आउँदो पुस १५ देखि १९ गतेसम्म खेजेनिममा प्रतियोगिता सञ्चालन हुने भएको हो।
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिनु भएको छ ।
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सुरु गरिएको छ ।
युक्रेनमा लक्ष्य हाँसिल हुने पुटिनको दाबी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा शुक्रबार मस्कोको सेना युक्रेनको युद्धभूमिमा निरन्तर अगाडि बढिरहेको र क्रेमलिनले तय गरेका सैन्य लक्ष्य अन्ततः हाँसिल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
३३ औं त्रिवेणी कप, १६ टिम सहभागी हुने
गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औं संस्करण पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेसीसहरमा सुरु हुने भएको छ ।
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताउनुभएको छ।
नीलो प्रेममाथि कोहलपुरमा संवाद
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा चर्चित उपन्यास नीलो प्रेममाथि किताब संवाद गरिएको छ ।
नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक
नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।
अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कानुन अस्वीकार्य : अध्यक्ष शर्मा
नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कानुन अस्वीकार्य हुने बताउनुभएको छ ।
बैतडीका महिला व्यावसायिक बेसारखेतीमा
बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् ।
बर्दिबासमा सौर्य विद्युत आयोजनाको शिलान्यास
बर्दिबास नगरपालिका वडा ६ स्थित किसाननगरमा सौर्य विद्युत आयोजना निर्माणको शिलान्यास गरिएको छ ।
बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउः प्रहरी
हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।
चोरीको गरगहना खरिद गर्ने व्यवसायीसहित चार जना पक्राउ
सर्लाहीको लालबन्दीमा गरगहना चोरी गर्ने र चोरी गरेर बिक्री गर्न ल्याइएको गहना खरिद गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् ।
ढाकामा तनाव बढ्दो
इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ ।
गायक धनबहादुर गुरुङको साँगीतिक साँझ हुने
गुरुङ गीत संगीतका युग नायक धनबहादुर गुरुङको सांगीतिक साँझ पोखरामा हुने भएको छ ।
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरी वृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चाङ्गा
प्राकृतिक सौन्दर्यले भरिपूर्ण मङ्गला गाउँपालिका–५ अर्मनको चाङ्गाधुरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ ।
पाइप लाइन व्यवस्थित नहुँदा खानेपानीको समस्या
जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका–५ र ६ को बजार क्षेत्रको पाइप लाइन व्यवस्थित नहुँदा खानेपानीको समस्या चुलिएको छ ।
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ ।
घरबास पर्यटन तथा लज व्यवस्थापन सम्बन्धी तालिम
गोरखाको अजिरकोट गाउँपालिका–१ स्थित क्हेचो गाउँमा अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्थापन सम्बन्धी तालिम सुरु भएसँँगै ग्रामिण पर्यटन विकासको नयाँ ढोका खुलेको छ ।
गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान
गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उहाँ रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उहाँको शव मङ्सिर २० गते पनाहखोलामा भेटिनुभएको थियो ।
आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा अन्यौल
धनकुटामा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रको आँपको ब्लक विकास कार्यक्रमका अन्यौलमा परेको छ ।