ढाकामा तनाव बढ्दो
इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ ।
गायक धनबहादुर गुरुङको साँगीतिक साँझ हुने
गुरुङ गीत संगीतका युग नायक धनबहादुर गुरुङको सांगीतिक साँझ पोखरामा हुने भएको छ ।
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरी वृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चाङ्गा
प्राकृतिक सौन्दर्यले भरिपूर्ण मङ्गला गाउँपालिका–५ अर्मनको चाङ्गाधुरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ ।
पाइप लाइन व्यवस्थित नहुँदा खानेपानीको समस्या
जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका–५ र ६ को बजार क्षेत्रको पाइप लाइन व्यवस्थित नहुँदा खानेपानीको समस्या चुलिएको छ ।
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ ।
घरबास पर्यटन तथा लज व्यवस्थापन सम्बन्धी तालिम
गोरखाको अजिरकोट गाउँपालिका–१ स्थित क्हेचो गाउँमा अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्थापन सम्बन्धी तालिम सुरु भएसँँगै ग्रामिण पर्यटन विकासको नयाँ ढोका खुलेको छ ।
गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान
गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उहाँ रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उहाँको शव मङ्सिर २० गते पनाहखोलामा भेटिनुभएको थियो ।
आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा अन्यौल
धनकुटामा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रको आँपको ब्लक विकास कार्यक्रमका अन्यौलमा परेको छ ।
कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताबाट सवारी साधनको गति परीक्षण सुरु
कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताले सवारी साधनको गति परीक्षण थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी साधनको गति जाँच गर्न ‘राडार स्पिड गन’को प्रयोग गर्न थालेको हो ।
रेडक्रस सोसाइटीको सहयोग
आगालागी क्षति व्यहोरेका पुतलीबजार नगरपालिका –१० सुम्रेखोलाका शालिकराम अर्यालको परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाले सहयोग प्रदान गरेको छ ।
दुर्घटना न्यूनीकरण गर्न गणेशमान पार्कको आकार घटाइँदै
तनहुँको सदरमुकाम दमौलीस्थित व्यस्त गणेशमान चोकमा रहेको ‘गणेशमान सिंह पार्क’ लाई ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि पुनर्निर्माण गर्न थालिएको छ ।
भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् ।
कमला नदीमाथि झोलुङ्गे पुल : सुविधा, सम्भावना र उपेक्षाबिच कमजोर बन्दै
नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको पहिचान बनाएको कमला नदीमाथिको पुल सुविधा, सम्भावना र स्थानीय सरकारको उपेक्षाबिच कमजोर बन्दै गएको छ ।
चुच्चेढुङ्गा – दारिमबोट खेतमा सिँचाइ गर्न कुलो निर्माण
गोरखाको बारपाक सुलीकोट गाउँपालिका – ६ ताकुकोटस्थित चुच्चेढुङ्गा – दारिमबोट खेतमा सिँचाइ गर्न कुलो निर्माण गरिएको छ ।
दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु
चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ-१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक बगाएपछि पहिरो नियन्त्रण गर्न थालिएको हो ।
तनहुँमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको सुवर्ण गाउँपालिका–१ निवासी १९ वर्षीय ओम बाबुप्रसाद यादव रहेका छन् ।
बेमौसमी आलु खेतीबाट मनग्य आम्दानी
म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेतकी माया सुवेदी आजभोलि बारीमा फलाएको आलु खन्नमा व्यस्त हुनुहुन्छ । गत असोज महिनाको पहिलो साता करिब चार रोपनी क्षेत्रफलमा फैलिएको बारीमा रोपेर फलाएको निलो बेमौसमी जातको आलु खनेर घरमा भण्डारण गर्न नपाउँदै उहाँको बारीबाटै बिक्री भइरहेका छन् ।
शीतलहरको जोखिम कम गर्न पूर्वतयारी :चोकचोकमा दाउरा
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आसन्न शीतलहर र बढ्दो चिसोबाट नगरवासीलाई सुरक्षित राख्न पूर्व तयारीका गरेको छ ।
फरार ४९४ कैदीबन्दी सम्पर्क बाहिर
जेनजी आन्दोलनका क्रममा झुम्का कारागार तोडफोड र आगजनी गर्ने प्रयास भएपछि भागका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर रहेको छ ।
उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम
यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ ।
खानेपानीको चरम अभावले ग्रस्त सदरमुकाम मान्म बजार
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजार पछिल्लो समय गम्भीर खानेपानी अभावको चपेटामा परेको छ । जिल्लाकै प्रशासनिक, शैक्षिक तथा व्यापारिक केन्द्र मानिने मान्म बजारमा नियमित रूपमा पानी नआउँदा स्थानीयवासी दैनिकी चलाउनै कठिन अवस्थामा पुगेका हुन् ।
आज देशभरको मौसम सामान्यतया सफा रहने
आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको हो ।