खानेपानीको चरम अभावले ग्रस्त सदरमुकाम मान्म बजार
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजार पछिल्लो समय गम्भीर खानेपानी अभावको चपेटामा परेको छ । जिल्लाकै प्रशासनिक, शैक्षिक तथा व्यापारिक केन्द्र मानिने मान्म बजारमा नियमित रूपमा पानी नआउँदा स्थानीयवासी दैनिकी चलाउनै कठिन अवस्थामा पुगेका हुन् ।
आज देशभरको मौसम सामान्यतया सफा रहने
आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको हो ।
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको सङ्क्रमण देखिएको छ । नगरपालिकाको वडा नं ८ का किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको सङ्क्रमण पुष्टि भएको हो ।
धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’
धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ ।
समानुपातिकतर्फको उम्मेदवार छनोट गर्न आजपाद्वारा कार्यदल गठन
आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट
जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।
गुल्मी–२ मा कांग्रेसबाट १५ जना आकाङ्क्षी
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी–२ मा नेपाली कांग्रेसबाट १५ जना उम्मेदवारका आकाङ्क्षी देखिएका छन् ।
जाजरकोटमा एक महिनामा १४ मुद्दा दर्ता, सवारी दुर्घटनामा तीन जनाको मृत्यु
जाजरकोटमा एक महिनामा १४ मुद्दा दर्ता, ७ सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार पछिल्लो एक महिनामा जिल्लामा १४ वटा मुद्दा दर्ता भएका छन् ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नेपाल–भारत पर्यटन प्रवद्धनात्मक भ्रमण टोली बागलुङमा
भारतीय पर्यटकलाई देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका मन्दिर र शालग्राम संग्राहलयको महत्त्वबारे पर्यटकलाई जानकारी गराइएको छ ।
चढाएका घण्टी त्रिशूल पत्थर बन्ने दुग्धनाथ मन्दिर
वरिपरि सबै तिर सुख्खा भिर । भिरकै बिचमा एक खोच, खोचमा सानो ओडार अनि ओडार भित्र गाइका थुन झैँ देखिने पत्थर र पत्थरबाट निरन्तर रसाइरहेको पानी ।
मूल ढोकामा ताल्चा मारेर जाडो छल्न बेँसी
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५का अधिकांस घरका मूल ढोकामा ताल्चा झुन्डिएको छ ।
गुल्मीमा एक वर्षमा ६७ जनाको घरबाहिर शव फेला
गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियार स्थित पनाहा खोलामा एक पुरुषको शव फेला परेको १३ दिन भए । सेतो हरियो रङको चेक सर्टमाथि निक लेखेको कालो ट्रयाक र कालो पाईन्ट लगाएको पुरुषको शव फेला परेको थियो ।
लागुपदार्थ सेवन गरी सवारी चलाउने नौ चालक पक्राउ
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन नौ जना चालकलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा लागु पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमबाट एक वर्षमै ५० हजार युवा विदेशिए
सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनामा ५० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आव २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन् ।
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन
समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०९ पैसा र बिक्रीदर १४४ रुपियाँ ६९ पैसा निर्धारण गरिएको छ ।
जबसम्म तीन तहको सरकारबिच समन्वय नभएसम्म परिणाम आउँदैन – सुशील ज्ञवाली
लगानी बोर्डका प्रमुख कार्यकरी अधिकृत सुशील ज्ञवालीले जबसम्म तीन तहको सरकारबिच योजना प्रणालीमा समन्वयन हुँदैन तबसम्म सकारातमक परिणाम नआउने बताउनुभएको छ ।
गोरखापत्र सधैं पहिलो रहनुपर्छः सञ्चार सचिव अर्याल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्र सधैं नै पहिलो रहनुपर्ने बताउनुभएको छ ।
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशीक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताउनुभएको छ ।
ट्याङ्करको ठक्करबाट बालकको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।