रुरुक्षेत्रको लोक्मा भन्ज्याङ–रिमुवा साहाघाट खण्ड बन्द
गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नम्बर– २ र ६ को लोक्मा भन्ज्याङ–रिमुवा साहाघाट खण्ड हुने भएको छ। यस सडकखण्डमा सडक निर्माण कार्य गर्नुपर्ने भएकाले शुक्रबारदेखि वैशाख २६ गतेसम्म सडक बन्द गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत दिनेश ज्ञवालीले जानकारी दिनुभयो।
हुम्लामा भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान जारी
हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानअन्तर्गत सञ्चालन गरिएको भिटामिन ए र जुकाको औषधि खुवाउने कार्य ढिलाइका कारण अझै जारी रहेको छ ।
महँगीले सप्तरीका विपन्नको जीवन कष्टकर
शासन सत्ता फेरिए पनि सप्तरीका जनताको जीवनशैलीमा अपेक्षित परिवर्तन आएको छैन । विपन्नदेखि मध्यम वर्गका परिवारसम्मको जीवनयापन झन् कठिन बन्दै गएको छ । गरिबीको समस्या दिनप्रतिदिन गहिरिँदै गएको स्थानीयवासी बताउछन् ।
स्याङ्जाको कफी बीउ अन्तरिक्ष पुगेर फर्कियो
कफी र सुन्तला उत्पादनमा सक्रिय स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीका बोधराज अर्यालले उत्पादन गरेको कफीको बीउ अन्तरिक्ष पुगेर फर्किएको छ ।
न्यायिक समिति मेलमिलाप र न्याय निरुपणमा सक्रिय
क्षेत्राधिकार साँघुरो भए पनि न्यायिक समितिमा उल्लेख्य संख्यामा मुद्दा आउन थालेका छन् । अदालतको प्रक्रियाभन्दा न्यायिक समितिहरू छिटो कार्यविधिमार्फत न्याय निरुपणमा सक्रिय छन् ।
मलङ्गवामा ११ अवैध स्वास्थ्य संस्था सिल, सञ्चालक फरार
सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालनमा रहेका ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ । अनुगमनका क्रममा दर्ता नै नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल गरिएको हो ।
चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी
‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ ।
बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन
म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो ।
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारका रूपमा अघि बढाउन प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावमा सभा, समिति र सदस्यको हकमा नियमावली सङ्घीय कानुनका रूपमा विशेष कानुनसरह लागू हुने उल्लेख छ ।
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस सन् २०१९ देखि मनाउन प्रारम्भ भएको हो ।
लोकतन्त्र शासन मात्र होइन, जीवन पद्धति हो : प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोकतन्त्र केवल शासन व्यवस्था मात्र नभई जीवन पद्धति पनि भएको बताउनुभएको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
असारे विकास रोक्न तनहुँमा कडाइ
तनहुँमा विकास बजेट (पुँजीगत खर्च) को अवस्था निकै कमजोर देखिएपछि जिल्ला प्रशासन कार्यालयले असार मसान्तमा हतार–हतार काम गर्ने प्रवृत्ति रोक्न सक्रियता देखाएको छ ।
बागलुङ न्यायिक समितिमा २१ निवेदन, अधिकांश मेलमिलापबाट समाधान
बागलुङ नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा २१ वटा निवेदन दर्ता भएका छन् ।
अरनिको राजमार्ग विस्तार सुस्त, सामग्री महँगियो
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ ।
सुकेपानीमा बेलिब्रिज निर्माणका लागि सवारी बन्द
ताप्लेजुङको फुङलिङबाट लेलेप ओलाङचुङगोला हुँदै नेपाल चीन सीमाना टिपताला भन्ज्याङ जोड्ने सुकेपानीमा तमोर नदीमाथि बेलिब्रिज जडान गर्न फक्ताङलुङ गाउँपालिकाले यातायात आवतजावतमा रोक लगाएको छ ।
आजदेखि ‘पाँचौं गुल्मी महोत्सव’ सुरु
गुल्मी उद्योग वाणिज्य सङ्घले तम्घासको नुन्थलामा आयोजना गर्न लागेको ‘पाँचौं गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी आज (शुक्रबार)देखि सुरु हुँदै छ। यो महोत्सव वैशाख २३ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
सप्तरीमा एक युवक बेपत्ता, अर्का २० दिनपछि भारतबाट फेला
सप्तरीमा एक युवक १२ दिनदेखि बेपत्ता भएका छन् भने भारतको उत्तर प्रदेशस्थित बनारस शहरबाट अर्का एक युवक २० दिनपछि बिहीबार फेला परेका छन् ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ २८ पैसा र बिक्रीदर १५० रुपियाँ ८८ पैसा तोकिएको छ ।
लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहरको पूर्वानुमान
हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ ।
भोजपुर गोल्डकपः आयोजक भोजपुर फाइनलमा
नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको छ ।
'लु'को शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजनामाथि सुझाव सङ्कलन
अत्याधिक गर्मी अर्थात् तातो हावाको लहर (लु) सम्बन्धी शीघ्र प्रतिकार्य राष्ट्रिय कार्यायोजना निर्माणका लागि सुझाव सङ्कलन गरिएको छ
सहज सडकमार्ग नहुँदा ओझेलमा ‘चमेरे गुफा’
जिल्लाको तुलसीपुर उपमहानगरपालिका-४ मुलकोटस्थित सिद्द चमेरे गुफासम्म पुग्ने सडकमार्ग सहज नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न सकेको छैन ।
तमोर नदीले बगाएर बेपत्ता भएका बालक मृत फेला
तमोर नदीले बगाएर बेपत्ता भएका बालक मृतअवस्थामा भेटिएको छ ।