तमोर नदीले बगाएर बेपत्ता भएका बालक मृत फेला
तमोर नदीले बगाएर बेपत्ता भएका बालक मृतअवस्थामा भेटिएको छ ।
डेढ महिनापछि यारी–हिल्सा सडक सञ्चालन, हिउँ पन्छाएपछि यातायात सञ्चालन
हुम्लाको उत्तरी क्षेत्र जोड्ने सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा खण्ड डेढ महिनापछि पुन: सञ्चालनमा आएको छ ।
गौरवका आयोजना कार्यान्वयनमा पूर्वाधार प्राधिकरणको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका गौरवका आयोजनाहरूको सफल कार्यान्वयनमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले महत्वपूर्ण योगदान पुर्याएकाे बताउनुभएको छ ।
सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ अनिवार्य
मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ देखि गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने भएको छ ।
बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना
यहाँ अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक विपदबाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो ।
सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण
पाल्पाको रामपुर नगरपालिकाले सशस्त्र प्रहरी बललाई उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।
गुल्मी महोत्सवको तयारी पूरा
गुल्मी उद्योग बाणिज्य संघले आगामी बैशाख ११ गतेदेखि २३ गतेसम्म आयोजना गरेको पाँचौ गुल्मी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा र प्रादेशिक पुरस्कार घोषणा
नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका विभिन्न विधामा प्रदान गरिने 'प्रज्ञा पुरस्कार–२०८२' घोषणा गरेको छ । प्रतिष्ठानले यस वर्षदेखि सातै प्रदेशका स्रष्टालाई समेट्ने गरी 'प्रज्ञा प्रादेशिक पुरस्कार' समेत प्रारम्भ गरेको छ ।
पुलिस र एपिएफको विजयी सुरुवात
विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले १०औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ विजयी सुरुवात गरेको छ ।
युक्रेनको तेल प्रशोधन केन्द्रमा हमलापछि रुसमा विषाक्त वायु वर्षा
किएभले सोमबार दक्षिणी सहर तुआप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि भएको ठुलो आगलागीका कारण रूसको तटीय सहरको आकाशमा कालो धुवाँको बाक्लो मुस्लो जम्मा भएको रूसी अधिकारीले बताएका छन् ।
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन स्थगित
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको अधिवेशन स्थगित गर्नुभएको छ ।
अवामी लिगमाथिको प्रतिबन्ध दीगो नहुने चेतावनी
बङ्गलादेशको बदलिँदो राजनीतिक परिवेशबिच प्रमुख दल बङ्गलादेश अवामी लिगमाथि लगाइएको अस्थायी प्रतिबन्ध दीर्घकालीन रूपमा टिक्न नसक्ने चेतावनी अन्तर्राष्ट्रिय सङ्कट समूहले दिएको छ ।
सडक निर्माण गर्ने सहमतिपछि पूर्वाधार कार्यालयको ताला खोलियो
विगत केही वर्षदेखि अलपत्र अवस्थामा रहेको धनुषाधाम–रघुनाथपुर सडकखण्डको निर्माण कार्य पाँच दिनभित्र सुरु गर्ने सहमति भएपछि पूर्वाधार विकास कार्यालय, धनुषामा लगाइएको ताला खोलिएको छ ।
डुडुवाको कृषि चौफेरीमा आगलागी: ६ घर जलेर नष्ट
बाँकेको डुडुवा गाउँपालिका–१, कृषि चौफेरी गाउँमा बिहीबार दिउँसो भएको भीषण आगलागीमा परी ६ वटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।
जमुनाहा नाकामा कडाइपछि भन्सार बढ्यो : स्थानीय बजारमा चहलपहल
नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा भारतबाट सामान आयातमा कडाइ गरिएसँगै भन्सार यात्रु शाखाको राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ ।
अफगानीस्तानमा बाढीका कारण छ जनाको मृत्यु
अफगानिस्तानका विभिन्न भागमा भएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीमा परी कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार पुष्टि गरेका छन् ।
होर्मुजमा बारुदी सुरुङ सफाइमा छ महिना लाग्ने चेतावनी
विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्णरूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको छ ।
वन प्रमुखमाथि कारबाहीको माग गर्दै मन्त्रालयमा उजुरी
आर्थिक अनियमितता तथा वन दोहनमा सङ्लग्न भएको आरोप लगाउँदै डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन प्रमुख हेमन्त साहविरुद्ध कारबाहीको माग गरिएको छ ।
नेपाल वितरक महासंघको साधारणसभाको तयारी
नेपाल वितरक महासंघको १४ औं वार्षिक साधारण सभा सुदूरपश्चिम प्रदेशको आर्थिक हब धनगढीमा हुने भएको छ ।
व्यक्तिगत खर्च गरेर सडक निर्माण
मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफूलाई प्राप्त हुने तलब भत्ताको रकमसेवा सूविधासहित व्यक्तिगत खर्च व्यहोरेर मनहरी गाउँपालिका वडा –२ का स्ल्याब ढलान गर्नुभएको छ ।
सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने
जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।
निर्माण व्यवसायीद्वारा बजार मूल्य अनुसार राहत दिन माग
बाँकेको निर्माण व्यवसायीहरूले यतिबेला पेसा चर्को महँगीका कारण गम्भीर सङ्कटमा परेको जनाउँदै सोबाट राहत दिन सरकारसँग माग गरेका छन् ।
करिब एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फिर्ता
लगभग एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फर्केको बख्तार समाचार एजेन्सीले बिहीबार रिपोर्ट गरेको छ । रिपोर्टका अनुसार छिमेकी इरान र पाकिस्तानबा सवै भन्दा धेरै ९४३ घर परिवार स्वदेश फर्केका छन् ।