• १० वैशाख २०८३, बिहिबार

करिब एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फिर्ता

blog

काबुल,वैशाख १० गते। लगभग एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फर्केको बख्तार समाचार एजेन्सीले बिहीबार रिपोर्ट गरेको छ । रिपोर्टका अनुसार छिमेकी इरान र पाकिस्तानबा सबैभन्दा धेरै ९४३ घर परिवार स्वदेश फर्केका छन् । 

स्वदेश फर्कने पश्चिमी हेरातप्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहारप्रान्तको तोरखाम र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डकसहितका प्रमुख सीमा नाकापार गरी अफगानिस्तानमा प्रवेश गरेको  जनाइएको छ । हाल अफगानिस्तानले निरन्तर आर्थिक र सामाजिक चुनौतिको सामना गरिरहेको अवस्थामा विभिन्न कठिनाइको बाबजुद, उनीहरूले आफ्नो मातृभूमिमा आफ्नो जीवन पुनर्निर्माण गर्ने आशा बोकेर स्वदेश फर्केको जनाइएको छ । रासस/सिन्हवा