• १७ कात्तिक २०८२, सोमबार

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

blog

पहिरो पन्छाएपछि सञ्चालनमा आएको यातायात । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

मुग्लिन (चितवन), कात्तिक  १७ गते । सुक्खा पहिरोका कारण  अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्गअन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।