काठमाडौँ, कात्तिक १७ गते । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७३ पैसा र बिक्रीदर १४२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ४९ पैसा र बिक्रीदर १६४ रुपियाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ३४ पैसा र बिक्रीदर १८७ रुपियाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ १७ पैसा र बिक्रीदर १७६ रुपियाँ ९२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ७१ पैसा र बिक्रीदर ९३ रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ १६ पैसा र बिक्रीदर १०१ रुपियाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९५ पैसा र बिक्रीदर १०९ रुपियाँ ४१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९१ पैसा र बिक्रीदर २० रुपियाँ , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८७ पैसा र बिक्रीदर ३९ रुपियाँ ०३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३८ पैसा र बिक्रीदर चार रुपियाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५९ पैसा र बिक्रीदर ३८ रुपियाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ८४ पैसा र बिक्रीदर ३३ रुपियाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९० पैसा र बिक्रीदर नौ रुपियाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९३ पैसा र बिक्रीदर १४ रुपियाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९० पैसा र बिक्रीदर २१ रुपियाँ ९९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २४ पैसा र बिक्रीदर १८ रुपियाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ९९ पैसा र बिक्रीदर ४६३ रुपियाँ ९५ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपियाँ १२ पैसा र बिक्रीदर ३६९ रुपियाँ ६७ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस