विश्व शान्तिका साझा चुनौतीविरुद्ध एकजुट हुनुपर्नेमा नेताको जोड
एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औं साधारण सभाको दोस्रो दिन विश्वका विभिन्न दलका नेताले विश्व शान्तिका लागि साझा चुनौतीविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
सत्ता समीकरण २०८४ को चुनावसम्म कायम रहन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण २०८४ चुनावसम्म कायम रहने बताउनुभएको छ ।
रुसद्वारा सेनाको बदलामा उत्तर कोरियालाई तेल, एन्टी-एयर मिसाइल र आर्थिक सहयोग प्रदान
रुसले उत्तर कोरियालाई युक्रेन विरुद्ध मस्कोको युद्धलाई समर्थन गर्न पठाएको सेनाको बदलामा तेल, एन्टी-एयर मिसाइल का साथै आर्थिक सहयोग प्रदान गरेको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
इजरायली निकासी आदेशपछि बेरुतमा आक्रमण
इजरायलले निकासी आदेश जारी गरेको केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी मिडिया र एएफपिटिभी फुटेजले शुक्रबार जनाएका छन् ।
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागू : विदेश मन्त्रालय
चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा-मुक्त नीति लागू गरेको विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् ।
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा कम्तीमा दश जना माओवादी विद्रोहीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : मन्त्री सिंह
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको मुख्य भूमिका रहेको बताउँदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभएको छ।
मिक्वाखोलामा मङ्सिर ९ र १० गते बिदा
ताप्लेजुङको मिक्वाखोलाले मङ्सिर ९ र १० गते स्थानीय बिदा दिएको छ। गाउँपालिकाले शुक्रबारदेखि सुरु भएको अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव २०८१ को अवसरमा सो बिदा दिएको हो।
अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट पर्नुभएको छ।
बालबन्दीमा छाला रोगको सङ्क्रमण
बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा रहेका अधिकांश (बालबिज्याइँकर्ता) बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ ।
आहा ! फूलमाथि पुतली
कैलालीमा एक स्थानीयको घरमा रहेको सयपत्री फूलमा बसेको सुन्दर पुतली । नेपालमा विभिन्न प्रकारका पुतली पाइने गर्दछन् ।
गुजारा चलाउन र औषधी सेवनमा समस्या भएको द्वन्द्वपीडितको गुनासो
विगतको सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधी सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन्।
विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताउनुभएको छ।
हामी विकास र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ।
नेपाली जनता कुहिरोको काग बनेर कुद्न तयार छैन : प्रधानमन्त्री ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता कुहिरोको काग बनेर कुद्न तयार नभएको बताउनुभएको छ ।
दलित बस्तीमा 'एक घर एक धारा'
ओखलढुङ्गा केउरिनी गाउँको दलित बस्तीमा 'एक घर एक धारा' खानेपानी सुविधा पुगेको छ ।
प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन
जिल्ला सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको रु दुई करोड ५५ लाख ५२ हजारको उपकरण प्रयोगविहीन बनेको छ ।
सकारात्मक सन्देश प्रवाह गर्न एमालेको जागरणसभा (फोटो फिचर)
सत्तारुढ दल नेकपा (एमाले) ले सरकारको विरुद्धमा फैलाइएका गलत अफवाह चिर्न काठमाडौं दरवारमार्गमा जागरणसभा आयोजना गरेको छ । जागरणसभाका लागि भृकुटीमण्डपदेखि सहिदगेट, रत्नपार्क हुँदै र्याली दरवारमार्गमा पुगेर सभामा परिणत भएको छ ।
खर्च जोहो गर्न पोखरामा राउटे समुदाय
कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदायहरु अहिले चाडपर्व मनाउनका लागि पैसा उठाउँदै हिँड्ने गरेका छन् ।
कावासोतीको माटोमा ९० प्रतिशत अम्लीयपना
नवलपुरमा खेतीयोग्य जमिनको माटोमा उर्वराशक्ति घट्दै गएको छ ।
बिक्री गर्ने समयमा झर्न लाग्यो सुन्तला, कृषक मारमा
हिमाली जिल्ला म्याग्दीको सुन्तला पकेट क्षेत्रका रुपमा रहेका बेनी नगरपालिका –३ र ४ मा बिक्री गर्ने समय हुन लागेको सुन्तला झर्दा किसान चिन्तित भएका छन् ।
एमालेको जागरणसभा : भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
नेकपा (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ ।
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झर्नुभयो । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झर्नुभएका उहाँ टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बस्नुभयो ।
बाँके कुष्ठरोगको जोखिममा
कुष्ठरोगको उपचारमा सक्रिय बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०-०८१ मा १७ हजार बढीलाई ओपिडी सेवा दिएको छ ।