शिक्षासम्बन्धी समस्या समाधानका लागि विद्यालय अनुगमन
बाँकेको दुर्गम र पिछिडिएको क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पालिकाभित्रका सबै बिद्यालयको अनुगमन सुरु गरिएको छ ।
ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार
म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
रुरु र छत्रकोटका घरटहरा हटाउँदै स्थानीय
गुल्मीको मदन भण्डारी राजमार्गमा पर्ने रुरुक्षेत्र र छत्रकोट गाउँपालिकाको घर टहरा स्थानीय आफैले भत्काउन थालेका छन् । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, गुल्मीले निर्माणको काममा अवरोध भएपछि दुई पालिकालाई घर टहरा हटाउन सहजीकरण खोजेको थियो ।
सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम
तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ ।
नेपालद्वारा श्रीलङ्कामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो ।
‘सीप र कला कुनै जातको हुँदैन’
“सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,” दमाहा बजाउँदै गर्नुभएकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भन्नुभयो, “सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।”
विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन
वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किनुभएका यहाँको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गर्नुभएको छ ।
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ ।
एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ ।
सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
एनपिएल : आज विश्राम,भोलि दुई खेल हुने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् ।
आजको राशिफल
मेष : आर्थिक पक्ष मध्यम रहने छ । परिश्रम बढे पनि अपराह्नपछिको समय भने सुखद रहने देखिन्छ ।
रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा सुरु
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले सबै वडाबाट स्वास्थ्य संस्थाबाट प्रयोगशाला सेवा सुरु गरेको छ । रुरुक्षेत्र गाउँपालिका–३ थोर्गा स्थित थानपति स्वास्थ्य चौकीमा अहिले प्रयोगशाला सेवा सञ्चालन गरिएको छ ।
गीता जयन्ती : ‘सार्थक जीवनका लागि’ गीता अभियानमा युवा
स्याङ्जाका धेरै विद्यार्थीको हातमा धार्मिक ग्रन्थ गीता पुग्ने गरेको छ । युवाहरुले गीता मार्फत विद्यार्थीदेखि वृद्ध सम्मलाई सार्थक जीवन बुझ्न सिकाउँदै आएका छन् ।
भरुवा बन्दुकसहित पक्राउ
पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मी रहेका छन् ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
निर्वाचनमा अनुगमन गर्नेबारे आयोग र काउन्सिलबिच छलफल
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सञ्चार माध्यमको भूमिका र निर्वाचन आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउने विषयमा प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल भएको छ।
भारतमा दुई बस ठोक्किँदा १० को मृत्यु, २० भन्दा बढी घाइते
भारतको दक्षिणी राज्य तमिलनाडुमा आइतबार दुई सरकारी बस एक–आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।
डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो
नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ ।
मुक्त कमैयाको उद्यमशीलता र जीविकोपार्जनमा मञ्चको सहयोग
मुक्त कमैया, कमलरीको हक, अधिकारको लागि वकालत गर्दै आएको मुक्त कमैया महिला विकास मञ्चले पछिल्लो समय उनीहरुको उद्यमशीलता र जीविकोपार्जनमा सहयोग गरिरहेको छ ।
१२ बुँदे घोषणापत्र जारी गर्दै हिंसा प्रभावित अग्रणी महिलाको राष्ट्रिय सम्मेलन सम्पन्न
महिला हिंसा विरुद्धको १६ दिने अन्तरराष्ट्रिय अभियानको अवसरमा काठमाडौँमा आयोजित दुईदिने हिंसा प्रभावित महिलाको अग्रणी राष्ट्रिय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गर्नुभएको छ।
एनपिएल : कर्णालीलाई हराउँदै काठमान्डु प्लेअफ उन्मुख
जेराल्ड इरसमस र जोन सिम्पसन चम्किएपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।