• १५ मंसिर २०८२, सोमबार

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा सुरु

blog

रुरुक्षेत्र गाउँपालिका– ३ को थानपती स्वास्थ्यचौकीमा प्रयोगशाला सुरु । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), मङ्सिर १५ गते ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले सबै वडाबाट स्वास्थ्य संस्थाबाट प्रयोगशाला सेवा सुरु गरेको छ । रुरुक्षेत्र गाउँपालिका–३ थोर्गा स्थित थानपति स्वास्थ्य चौकीमा अहिले प्रयोगशाला सेवा सञ्चालन गरिएको छ ।

स्वास्थ्य परीक्षण गर्न रिडि, शृङ्गा र बकेटक्सार जानुपर्ने बाध्यताको अन्त्य भएको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताउनुभयो । औषधी उपकरण र प्राविधिक जनशक्तिको व्यवस्थापन गरेर हरेक महिनाको ११ देखि २० गतेसम्म प्रयोगशाला सेवा प्रदान गरिने ज्ञवालीले बताउनुभयो । ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अपाङ्गबाट ५० प्रतिशत छुटसहित अन्य नागरिकलाई न्यून शुल्कमा ४८ प्रकारका जाँच प्रयोगशालाबाट हुने थानपती स्वास्थ्य चौकी इन्चार्ज गणेश राणाले बताउनुभयो ।

उहाँले प्रयोगशालाको निरन्तरता र रिपोर्टको विश्वासनियता अबको चुनौती भएको बताउनुभयो । रुरुक्षेत्र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेब पौडेलले अहिले गाउँ–गाउँमा नसर्ने रोगको समस्या विकराल बन्दै गएकोले त्यसको जोखिम न्यूनीकरण गर्नका लागि नागरिकले घरछेउमै स्वास्थ्य परीक्षणका गर्न सकुन भन्ने उद्देश्य सबै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा सुरु गरिएको बताउनुभयो ।