जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ
पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।
गुफापोखरीमा तीन जिल्लाका सुरक्षा अधिकारीको संयुक्त छलफल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ ।
जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ ।
बनेपा-हेटौँडा बस सञ्चालनमा आएपछि आवागमन सहज
काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक नगर बनेपाबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म बस सेवा सञ्चालन गरेपछि यात्रुलाई सहजता भएको छ । योसँगै बनेपाबाट हेटौँडासम्म जानका लागि विभिन्न मार्ग हुँदै घुमाउँरो सडकबाट जानुपर्ने बाध्यतासमेत हटेको छ ।
रामग्राम स्तुपा क्षेत्रमा आउन थाले पर्यटक
भगवान गौतम बुद्धको अस्तुधातु रहेको स्थल पश्चिम नवलपरासीको रामग्राम स्तुपामा गत दश महिनाको अवधिमा १५ हजार ३८ जना विदेशी पर्यटक तथा बुद्ध धर्मावलम्बीले भ्रमण गरेका छन् । संरक्षण अभावमा ओझेलमा पर्दैआएको स्तुपा क्षेत्रमा आन्तरिक सँगै बाह्य पर्यटकको समेत चहलपहल बढेको हो ।
सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड
पछिल्लो समय विदेशी दातृ निकायबाट प्राप्त सहयोगमा कमी आइरहेका बेला आन्तरिक स्रोत परिचालन गरी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत सुशासन एवं सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड दिइएको छ ।
बाजुराका एक किशोर धनगढीबाट बेपत्ता
बाजुराका एक किशोर धनगढीबाट बेपत्ता भएका छन् । जिल्लाको बुढीनन्दा–७ का १६ वर्षीय लोकराज जैशी कैलालीको धनगढीबाट बेपत्ता हुनुभएको हो ।
मल्कवाङमा पहिलोपटक बस पुग्यो
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो ।
फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि युक्रेन–रूस युद्धमा मध्यस्थता गर्न दबाब बढाइरहेका ट्रम्प प्रशासनका उच्च अधिकारीहरू यस सप्ताहान्त फ्लोरिडामा युक्रेनी वार्ताकारहरूसँग निरन्तर वार्तामा बसेका छन् ।
कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताउनुभएको छ ।
मोरङमा सुन्तलाको व्यावसायिक खेती
उत्तरी मोरङको मिक्लाजुङ– १ ज्यामिरेका सन्तोष राईको बारीमा यतिबेला लटरम्म सुन्तला फलेका छन् । तीन वर्ष विदेश बसेर सन् २०१३ मा नेपाल फर्केपछि उहाँले गाउँमै व्यवसायीक सुन्तला खेती गर्ने योजना बनाउनुभयो ।
जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा थापा प्रथम
नेपालगन्जमा सम्पन्न भएको पहिलो बाँके जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा मास्टर क्याटेगरीतर्फ गगनसिंह थापाले प्रथम स्थान हासिल गर्नु भएको छ ।
चिसोमा हिमालयन ग्रिफनलाई निकै कष्टकर
प्रकृतिका कुचिकारका रूपमा चिनिने सङ्कटापन्न अवस्थामा रहेका हिमालयन ग्रिफन जाडोयाममा बासस्थान र आहाराको खोजीमा बसाइँसराई गर्छन् ।
भूकम्प प्रभावित विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण : १४ हस्तान्तरण हुँदै
कर्णाली प्रदेशका तीन जिल्लामा पुनर्निर्माण थालिएका १४ भूकम्प प्रभावित विद्यालय र स्वास्थ्य संस्था हस्तान्तरणको प्रकृयामा रहेका छन् ।
एमाले रुकुमपश्चिममा चुनावमार्फत महाधिवेशन प्रतिनिधि चयन
नेकपा (एमाले) रुकुमपश्चिमले चुनावमार्फत ११ औँ महाधिवेशन प्रतिनिधि चयन गरेको छ । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मत हुन नसकेपछि शनिबार साँझ अबेरसम्म मतदान चलेको थियो ।
चुनावबाट एमाले महाधिवेशन प्रतिनिधि चयन
नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सिराहा क्षेत्र नम्बर १ मा चुनावबाट प्रतिनिधि चयन भएको छ । शनिबार साँझसम्म भएको निर्वाचन मत परिणाम आइतबार सार्वजानिक गरिएको हो ।
उपन्यास ‘विविशारा’ को विमर्श एवम् सिर्जना वाचन
उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो औपन्यासिक कृति ‘विविशारा” को विमर्श एवम् सिर्जना वाचन गरिएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३७ औँ पाइलाको रूपमा औपन्यासिक कृतिको विमर्श एवम् सिर्जना वाचन गरिएको हो ।
अव्यवस्थित तार १५ दिनभित्र हटाउन गल्याङ नगरपालिकाको निर्देशन
स्याङ्जाको गल्याङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । गल्याङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले १५ दिन भित्र हटाउन र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
कैलालीबाट एमालेका २६ जना महाधिवेशन प्रतिनिधि छानिए
सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीबाट नेकपा(एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि चयन भएका छन् ।
तनहुँमा राष्ट्रिय परिचयपत्र सेवा पूर्ववत् समयमा
जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र सेवा अब आइतबारदेखि पुनः पूर्ववत् कार्यालय समयमा सञ्चालन भएको छ ।
कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु
कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ ।
सुस्तामा तटबन्ध निर्माणका लागि स्थानीयको हारगुहार
ऐतिहासिक भूमि सुस्ताका बासिन्दाहरूले नारायणी नदीको बढ्दो कटान र बहाव परिवर्तनका कारण आफ्नो बस्ती बचाउनका लागि सरकारसँग तत्काल तटबन्ध निर्माण गर्न हारगुहार गरेका छन् ।
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ ।